काठमाडौं । सरकारले मुलुकको वैदेशिक विनिमय सञ्चितिको केही अंशलाई ‘सोभरिन वेल्थ फन्ड’ (सार्वभौम सम्पन्न कोष) मार्फत परिचालन गर्ने नीति अघि सारेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दै उक्त घोषणा यस्तो गरेका हुन् ।
अर्थमन्त्री वाग्लेका अनुसार वैदेशिक विनिमय सञ्चिति सहज अवस्थामा रहेको समयमा सोही फन्डमार्फत राज्यका प्राथमिकताप्राप्त क्षेत्रहरूमा स्रोत परिचालन गरिनेछ । परम्परागत सरकारी वित्तको सीमाभन्दा बाहिर गएर मुलुकको आर्थिक रूपान्तरण र ठूला पूर्वाधार निर्माणका लागि पूँजी परिचालन गर्न यो नयाँ अवधारणा ल्याइएको सरकारको बुझाइ छ ।
हाल नेपालसँग कुल ३४ खर्ब ९४ अर्ब रुपैयाँ बराबरको विदेशी विनिमय सञ्चिति रहेको छ। यो बलियो सञ्चितिलाई आदर्श रूपमा सदुपयोग गर्दै देशको आर्थिक वृद्धि र दीर्घकालीन हितका क्षेत्रमा लगानी सुनिश्चित गर्न सोभरिन वेल्थ फन्ड उपयोगी हुने विश्वास लिइएको छ ।

















प्रतिक्रिया दिनुहोस्