Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

सूर्य नेपाल सेन्ट्रल ओपन सूरु, पहिलो दिन डिफेन्डिङ च्याम्पियन राहुल शीर्षस्थानमा

सूर्य नेपाल सेन्ट्रल ओपन सूरु, पहिलो दिन डिफेन्डिङ च्याम्पियन राहुल शीर्षस्थानमा
विज्ञापन
Advertisement

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२५-२६ को पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको पहिलो दिन डिफेन्डिङ च्याम्पियन एमेच्योर राहुल विश्वकर्मा ५  स्ट्रोकको अग्रतामा शीर्षस्थानमा रहेका छन्।

विज्ञापन
Advertisement
Advertisement

गोकर्ण गल्फ क्लबमा राहुलले ६ अन्डर ६६ को उत्कृष्ट स्कोरमा प्रोफेसनल खेलाडी जयराम श्रेष्ठलाई ५ स्ट्रोकले पछि पारेका हुन्।  जयराम १-अन्डर ७१ को स्कोरमा दोस्रो स्थानमा छन्। अर्का एमेच्योर साम डौबलार्ड इभन-पार ७२ सहित तेस्रो स्थानमा रहे।

१ ओभर ७३ को स्कोरमा भुवन कुमार रोक्का, सबिन सापकोटा, भुवन नगरकोटी, दिनेश प्रजापति, प्रदिप कुमार लामा र एमेच्योर फुन्सो नोर्बु लामाले संयुक्तरुपमा चौथो स्थान बाँडे।

यसैगरी २ओभर ७४ को स्कोरमा बलभद्र राई, तोरण विक्रम शाही, दीपक मगर, टासी घले र एमेच्योर कबि थापा संयुक्तरुपमा दशौं स्थानमा रहेका छन्। टासीले आज पाँचौं होलमा होल-इन-वानको सफलता प्राप्त गरे।

दिनको उत्कृष्ट स्कोरकार्ड निकाल्ने क्रममा राहुलले फ्रन्ट र ब्याक नाईन दुवै ३-अन्डर ३३ मा सकाए। उनले दोस्रो, तेस्रो, पाँचौं र सातौं होलमा बर्डी प्रहार गर्दा आठौं होलमा एक सट खेर फाले। यसपछि १०औं, १२औं र १५औं होलमा पनि बर्डीको सफलता प्राप्त गरे। जयरामले दिनको सुरूवात बोगीबाट गरे। यसपछि सातौं र आठौं होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन १-अन्डर ३५ मा सकाए। यसपछि १४ औं होलमा डबल बोगी र १६ औं होलमा बोगी खेपे। तर ११औं, १७औं र १८औं होलमा एक-एक सट बचाउँदै ब्याक नाइन इभन-पार ३६ मा पुरा गरे।

एमेच्योर सामले तेस्रो र नवौं होलमा बर्डी प्रहार गरेपनि सातौ होलमा बोगी र चौथो होलमा डबल बोगीको सामना गरे। उनले फ्रन्ट नाइन १ ओभर ३७ खेले। यसपछि १२ औं र १५ औं होलमा एक-एक सट बचाए भने १७ औं होलको बोगीले ब्याक नाइन १-अन्डर ३५ मा पुरा गरे।

नेपाल नम्बर एक प्रोफेसनल गल्फर निरज तामाङले भने ५-ओभर ७७ को खराब प्रदर्शन गरे  पशुपति शर्माले स्वास्थ्यको कारण आठौं होलपछि खेल त्यागे

दोस्रो दिनको समाप्तीमा शीर्ष १८ प्रोफेसनल र एमेच्योर खेलाडीले कट बनाउनेछन्। उनीहरुबीच अन्तिम दुई दिन उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।‌ ७२ होलको प्रतिस्पर्धामा ३७ प्रोफेसनल र २६ एमेच्योर गरी कुल ६३ खेलाडीको सहभागिता रहेको छ।

यस प्रतियोगिताको कुल पुरस्कार राशि १० लाख ५० हजार रुपैयाँ रहेको छ। उपाधि विजेताले १ लाख ७० हजार रुपैयाँ प्राप्त गर्नेछ।  उपविजेताले १ लाख २५ हजार रुपैयाँ, तेस्रो हुनेले १ लाख रुपैयाँ, चौथोले ८२ हजार रुपैयाँ र पाँचौँ हुने खेलाडीले ७२ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। कट बनाउने शीर्ष १८ खेलाडीले नगद हात पार्नेछन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit