Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

भृकुटीमण्डपमा दक्षिण एसियाली व्यापार मेला जारी

भृकुटीमण्डपमा दक्षिण एसियाली व्यापार मेला जारी
विज्ञापन
Advertisement

काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकका उद्योग, व्यापार तथा सेवासम्बन्धी अवसरहरूलाई एकै थलोमा ल्याउने उद्देश्यसहित गत बिहीबारदेखि स्थानीय भृकुटीमण्डपमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’ जारी छ ।

विज्ञापन
Advertisement
Advertisement

सार्क राष्ट्रका उत्पादन तथा सेवाको प्रवद्र्धन, बजार सम्भाव्यता अध्ययन तथा क्रेता–बिक्रेताबीच सहकार्य विस्तार गर्न मेला आयोजना गरिएको हो ।

भोलिसम्म जारी रहने सार्क मुलुकका उत्पादन कपडा तथा तयारी सामग्री, सौन्दर्य प्रशाधनका सामग्री, हस्तकला, सवारीसाधन तथा पार्टपुर्जा, फर्निचर, कृषि उत्पादन, सूचना प्रविधि तथा घरेलु उपकरणलगायत सामग्री छन् ।

देशभित्र लामो समयदेखि सुस्त रहेको व्यापारिक वातावरण र लगानीगत अनिश्चितताबीच यो मेला निजी क्षेत्रका लागि पुनः सक्रिय बनाउने माध्यम भएको मेलाका संयोजक सुमन महर्जन बताउछन् ।

मेलाको सहआयोजन नेपाल चेम्बर अफ कमर्स, नेपाल घरेलु तथा साना उद्योग महासङ्घ, ललितपुर चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री, भक्तपुर चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री, चेम्बर अफ इन्डस्ट्रिज मोरङ, ललितपुर चेम्बर अफ कमर्स, नेपाल–चीन कार्यकारी परिषद्, नेपाल कस्मेटिक व्यवसाय सङ्घ तथा विश्व उद्यम सहायता फाउन्डेसनले गरेका हुन् ।

सार्कस्तरीय क्षेत्रीय व्यापार मेलाले व्यावसायिक गतिविधि पुनः चलायमान बनाउने अपेक्षा गरिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit