Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेपाल लाइफ समृद्धि लगानी योजना सेबोनबाट स्वीकृत, १ अर्ब ६० करोडको बन्दमुखी कोष निष्काशन हुँदै

नेपाल लाइफ समृद्धि लगानी योजना सेबोनबाट स्वीकृत, १ अर्ब ६० करोडको बन्दमुखी कोष निष्काशन हुँदै
विज्ञापन
Advertisement

काठमाडाैं । कोष प्रवर्द्धक नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र योजना व्यवस्थापक नेपाल लाइफ क्यापिटल लिमिटेड रहेको “नेपाल लाइफ समृद्धि लगानी योजना” नामक सामूहिक लगानी कोषलाई नेपाल धितोपत्र बोर्ड (सेबोन) ले स्वीकृति दिएको छ।

विज्ञापन
Advertisement
Advertisement

सेबोनबाट मिति २०८२/०९/१३ मा स्वीकृति प्राप्त गरेसँगै उक्त योजनाले प्रति इकाई अंकित मूल्य रु. १० का दरले १६ करोड इकाई निष्काशन गर्ने अनुमति पाएको हो। यसअनुसार कुल रु. १ अर्ब ६० करोड बराबरको बन्दमुखी सामूहिक लगानी कोष जारी गरिनेछ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको यो पहिलो बन्दमुखी सामूहिक लगानी योजना हो। योजनाको अवधि १० वर्ष रहेको छ।

निष्काशन हुन लागेको नेपाल लाइफ समृद्धि लगानी योजनाले कोष प्रवर्द्धकका लागि इक्रा नेपाल लिमिटेडबाट “ICRANP (Issuer Rating)” प्राप्त गरेको छ भने योजना व्यवस्थापक नेपाल लाइफ क्यापिटल लिमिटेडले “ICRANP AMC Quality Rating (AMCQ)” प्राप्त गरेको जनाएको छ।

फण्ड बिक्रीबाट संकलित रकम धितोपत्र बोर्डमा दर्ता भएका धितोपत्र, सार्वजनिक निष्काशन भएका तथा धितोपत्र बजारमा सूचीकृत धितोपत्र, बैंक निक्षेप, मुद्रा बजार उपकरण, नेपाल सरकार वा सरकार नियन्त्रित संस्थाले जारी गरेका ऋणपत्र, ट्रेजरी बिल तथा अन्य मुद्रा बजारका साधनहरूमा लगानी गरिने योजना व्यवस्थापकले जानकारी दिएको छ।

योजना व्यवस्थापकले सम्पूर्ण आवश्यक प्रक्रिया पूरा गरी छिट्टै सर्वसाधारण लगानीकर्ताका लागि इकाईहरू बिक्रिमा ल्याइने पनि जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit