Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा प्रदर्शन गरिँदै

घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा प्रदर्शन गरिँदै
विज्ञापन
Advertisement

काठमाडौं। घर निर्माण फेस्टको मुख्य आकर्षणका रूपमा विश्वकै सबैभन्दा ठूलो आकारको इट्टा तयार पारिएको छ, जसलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डमा समावेश गर्ने तयारी गरिएको आयोजकले जनाएको छ। यसअघि सन् २००७ जुलाई ४ मा अमेरिकाको टेक्सासमा २.९४ मिटर लम्बाइ र ०.९९ मिटर उचाइ तथा चौडाइको इट्टा निर्माण भई कीर्तिमान कायम भएको थियो। उक्त कीर्तिमानलाई तोड्ने उद्देश्यले यसपटक अझ ठूलो आकारको इट्टा निर्माण गरिएको हो।

विज्ञापन
Advertisement
Advertisement

पुस १२ देखि १५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने चारदिने घर निर्माण फेस्टमा ४० हजारभन्दा बढी दर्शक सहभागी हुने अपेक्षा गरिएको छ। प्रदर्शनीमा राखिने उक्त विशाल इट्टा पूर्ण रूपमा नेपाली कच्चा पदार्थ, नेपाली कालीगढको सीप र स्वदेशी प्रविधि प्रयोग गरी तयार गरिएको आयोजकको दाबी छ।

घर निर्माण फेस्टमा प्रदर्शन गरिने विश्वकै ठूलो इट्टा नेपाली परम्परागत इट्टा निर्माण कला, श्रमिकको दक्षता र स्वदेशी प्रविधिको क्षमतालाई उजागर गर्ने प्रतीकका रूपमा प्रस्तुत गरिएको छ। विदेशी प्रविधिमा निर्भर नभई स्वदेशी स्रोतको अधिकतम उपयोग गरेर निर्माण गरिएको यो इट्टाले नेपाली सीपको आत्मनिर्भरता र मौलिकतालाई प्रमाणित गर्ने विश्वास गरिएको छ।

यस परियोजनामार्फत नेपालले आफ्नो निर्माण कला र नवप्रवर्तन क्षमतालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अवसर पाउने आयोजकले बताएका छन्। गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता भएमा यसले विदेशी लगानीकर्ता, पर्यटक तथा अन्तर्राष्ट्रिय दर्शकलाई नेपाली निर्माण उद्योगतर्फ आकर्षित गर्ने अपेक्षा गरिएको छ।

प्रदर्शनी अवधिभर दर्शकले उक्त विशाल इट्टालाई नजिकबाट अवलोकन गर्न, यसको बनावट र विशेषता बुझ्न तथा फोटो खिच्न सक्ने व्यवस्था गरिएको छ। यसले दर्शकलाई ऐतिहासिक उपलब्धिको साक्षी बन्ने अवसर प्रदान गर्ने आयोजकको भनाइ छ।

भन्ने नारासहित आयोजना हुने यस फेस्टमा २ सय करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अनुमान गरिएको छ। फेस्टमा घर निर्माणको प्रारम्भिक तयारीदेखि निर्माण सम्पन्न हुँदासम्मका सम्पूर्ण चरणहरूको प्रत्यक्ष प्रदर्शनी गरिनेछ।

अवलोकनकर्ताले घर निर्माणसम्बन्धी जिज्ञासा, निर्माण सामग्रीको छनोट, डिजाइन, लागत, गुणस्तर तथा आधुनिक प्रविधिबारे विशेषज्ञसँग प्रत्यक्ष जानकारी लिन सक्नेछन्। साथै, सहभागी विभिन्न ब्रान्डहरूले ग्राहक लक्षित विशेष अफरहरू सार्वजनिक गर्ने तयारीसमेत गरेका छन्।

नेपालको निर्माण व्यवसाय क्षेत्रलाई आधुनिक प्रविधिको प्रयोगमार्फत नयाँ उचाइमा पुर्‍याउने उद्देश्यका साथ आयोजना गर्न लागिएको यस घर निर्माण फेस्टले ब्रान्ड प्रवर्द्धन, ग्राहकसँगको सम्बन्ध विस्तार तथा निर्माण सामग्रीको प्रभावकारी प्रदर्शनमा सहयोग पुर्‍याउने विश्वास आयोजकले व्यक्त गरेका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit