काठमाडौं । नेपालकै लोकप्रिय एडभेन्चर रियालिटी शो हिमालय रोडिजको सातौँ सिजनका विजेता अनिश तामाङले औपचारिक रूपमा यामाहा ँश् ख्घ बाइक पाएका छन् ।
आज आयोजित पुरस्कार हस्तान्तरण समारोहमा हिमालय रोडिज सिजन ७ का विजेता झापाका २६ वर्षीय अनिश तामाङलाई यामाहा नेपालका सीईओ तथा कार्यकारी निर्देशक दीपक कुमार अग्रवालले यामाहा FZ V3 हस्तान्तरण गरेका छन् । तामाङ नेपाली सेनामा कार्यरत छन् । निरन्तर उत्कृष्ट प्रदर्शन, शारीरिक क्षमता, मानसिक दृढता र अठोटका आधारमा अनिश सिजनकै सबैभन्दा सबल प्रतिस्पर्धीका रूपमा उभिन सफल भएका थिए ।
टाइटल स्पोन्सरका रूपमा रहेको यामाहा रेसिङले पर्फर्मेन्स, पावर र राइडिङको रोमाञ्च झल्काउने मोटरसाइकल यामाहा FZ V3 प्रदान गरेको हो। साथै, कार्यक्रम प्रसारक हिमालय टिभीले पनि १० लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरेको छ । १४ गते सम्पन्न उक्त सिजनका विजेतालाई एक समारोहका बीच बुधबार आधिकारिक रूपमा विजेताको पुरस्कार प्रदान गरिएको बताइएको छ।
टाइटल स्पोन्सरका रूपमा यामाहा नेपालले हिमालय रोडिज जस्ता प्लेटफर्ममार्फत युवाको सहभागिता र सशक्तीकरणलाई निरन्तर समर्थन गर्दै आएको छ। यामाहाको सहभागिता केवल ब्रान्डिङमा सीमित नरही, युवालाई साहसी यात्रातर्फ प्रेरित गर्ने र साहसिक भावनाको उत्सव मनाउने उद्देश्यमा केन्द्रित रहेको कम्पनीले जनाएको छ ।
कार्यक्रमका दौरान विजेता तामाङले देखाएको अनुशासन, साहस र धैर्यताको परिचयले हिमालय रोडिजको मूल भावनालाई समेत स्पष्ट रूपमा प्रतिनिधित्व गरेको कम्पनीले उल्लेख गरेको छ।







कर्पोरेट समाचार 



















प्रतिक्रिया दिनुहोस्