Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

कृषि केन्द्रित अर्थतन्त्रलाई औद्योगिक अर्थतन्त्रमा रुपान्तरण गर्न खास नीति लिनुपर्छ

कृषि केन्द्रित अर्थतन्त्रलाई औद्योगिक अर्थतन्त्रमा रुपान्तरण गर्न खास नीति लिनुपर्छ
विज्ञापन
Advertisement

काठमाडौं । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले बैंक तथा वित्तीय संस्थामा रहेको लगानीयोग्य रकमलाई ठूलो पूर्वाधार निर्माणमा लगाउनुपर्ने बताएका छन्।

विज्ञापन
Advertisement
Advertisement

देशमा स्थायित्व र अर्थतन्त्र उकास्ने उद्देश्यसहित नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक संवाद कार्यक्रममा भट्टराईले बैंकमा रहेको पुँजीलाई ठूला पूर्वाधारमा लगानी गरेर रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिएका हुन् ।

कृषि केन्द्रित नेपाली अर्थतन्त्रलाई औद्योगिकरणतर्फ लैजान आवश्यक रहेको उल्लेख गर्दै उनले भने, ‘कृषि केन्द्रीत हाम्रो अर्थतन्त्रलाई औद्योगिकरण नगरेसम्म हाम्रो अर्थतन्त्र सबल बन्न सक्दैन। राज्य, निजी क्षेत्र र सामुदायिक क्षेत्रबीच समन्वय गरेर अगाडि बढेमा छोटो समयमा सहज रुपान्तरण हुन्छ ।’

उनले कुनै पनि कुरालाई देश कालको सापेक्षतामा हेर्नुपर्ने उल्लेख गर्दै नेपाली समाज अहिले अरुभन्दा झण्डै सय वर्ष पछाडि परिसकेको बताए ।देश विकासका लागि राज्य, निजी क्षेत्र र सामुदायिक क्षेत्रको सहकार्यमा आधारित नीति बनाउनुपर्ने उनको भनाइ थियो । ‘कुनै पनि देशको ६० प्रतिशत जनसंख्या कृषि क्षेत्रमा लागेको देश विकसित भएको कतै छ? छैन । यसलाई परिवर्तन गर्नको लागि हाम्रो कृषिप्रधान अर्थतन्त्रलाई औद्योगिक अर्थतन्त्रमा रुपान्तरण गर्नको लागि खास चरणमा खास नीतिहरु लिनुपर्छ,’ उनले भने ।

उनले यस विषयमा साझा वैचारिक स्पष्टता हुनुपर्ने बताए । देशमा राजनीति र नीतिगत स्थायीत्व नभएसम्म अर्थतन्त्रले टेकअफ गर्न नसक्ने उनको भनाइ छ ।उनले भने, ‘छरछ महिना वा एकरएक वर्षमा सरकार परिवर्तन गरेर राजनीतिक स्थायीत्व आउँदैन। राजनीति र नीतिगत स्थायीत्व नभएसम्म अर्थतन्त्रले टेकअफ गर्दैन ।’भट्टराईले बाह्य लगानी नेपाल ल्याउन शासकीय स्वरुप परिवर्तन गरेर हाम्रो संयन्त्र र संस्थाहरुलाई सबल बनाउनुपर्नेमा जोड दिए ।

 

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit