काठमाडौं । निजामती कर्मचारीलाई कार्यस्थलमै सहज र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सिंहदरबारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालनमा आएको छ।
मन्त्रालयका अनुसार शुक्रबारदेखि मन्त्रालय भवनको तल्लो तलाबाट सेवा सुरु गरिएको हो। सेवा इकाई सञ्चालनसँगै कर्मचारीहरूले सामान्य स्वास्थ्य परीक्षण तथा आधारभूत स्वास्थ्य सेवाका लागि अस्पतालसम्म धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

सेवा इकाईमार्फत निजामती कर्मचारी तथा मन्त्रालयका सेवाग्राहीलाई स्वास्थ्य परीक्षण, रगत परीक्षणलगायतका आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराइने मन्त्रालयले जनाएको छ।
निजामती कर्मचारी अस्पतालमा बढ्दो सेवाग्राहीको चाप व्यवस्थापन गर्दै कर्मचारीलाई कार्यस्थलमै सहज सेवा दिने उद्देश्यले मन्त्रालय परिसरमा सेवा इकाई स्थापना गरिएको मन्त्रालयको भनाइ छ।















प्रतिक्रिया दिनुहोस्