काठमाडौं । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेकपा एमाले आसन्न निर्वाचना सहभागी हुने बताएका छन् ।
मंगलबार एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा पुगेको सरकारी टोलीलाई नेकपा एमालेले चुनावी वातावरण बनाउन सरकारलाई आग्रह गरेको खरेलले बताएका हुन् । खरेलका अनुसार सरकारले एमालेका महासचिव शंकर पोखरेलले निर्वाचनको वातावरण तयार पारे एमाले चुनावमा जान तयार छ।
खरेलले नेकपा एमालेपनि चुनावमा जान तयार भएको र सरकार पनि चुनावी वातावरण निर्माणमा अघि बढेको उल्लेख गर्दै यसले अब देश चुनावमा होमियो भन्ने सन्देश दिएको बताए । सरकार निर्वाचनमा होमिएको दाबी गर्दै उनले भने, ‘निर्वाचन आयोग आफ्नो काममा सक्रिय छ, सुरक्षा निकायहरू उच्च मनोबलका साथ काम गरिरहेको छ’
सरकारका प्रवक्ता खरेलले एमालेले स्पष्ट रुपमा निर्वाचनको वातावरण तयार पारे आफूहरू चुनावमा जान तयार रहेको बताएको जानकारी दिए। उनले भने, ‘निर्वाचनको वातावरण बनिरहेको परिपेक्षमा एमालेको तर्फबाट उहाँहरुले वातावरण बनाउनुहोस्, हामी निर्वाचनमा सहभागी हुन्छौँ भन्नेर पार्टीका महासचिवको तर्फबाट स्पष्ट रूपमा राख्नुभएको छ। एमालेसँगको यो भेट चुनाव उन्मुख भएको र चुनावको लागि एमाले पनि तयार भएको साथै सरकारले पनि वातावरण बनाउनेगरी अघि बढेको हुनाले अब मुलुक चुनावमा होमियो भन्ने सन्देश दिएको छ ।’
त्यस्तै उनले कुनैपनि नेता वा कार्यकर्ता चुनावको प्रचारप्रसार र अभियानमा अघि बढ्दा कुनै अवरोध नआउने वातावरण सरकारले सुनिश्चित गर्ने बताए ।

















प्रतिक्रिया दिनुहोस्