काठमाडौं । नेपाल एसबिआई बैंकले बाल मन्दिरका १०७ जना बालबालिकाहरुलाई आवश्यक सामग्रीहरु उपलब्ध गराएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम अन्तर्गत मंगलबार काठमाडौंको नक्साल स्थित, नेपाल बाल संगठन, बाल मन्दिरका १०७ जना बालबालिकाहरुलाई न्यानो कपडा, चप्पल, ब्ल्याङकेट, म्याट्रेस, वाटर प्यूरिफायर लगायतका सामग्रीहरु प्रदान गरेको हो ।
बैंकका अध्यक्ष वेंकट बंसीधर कुंचाले नेपाल बाल संगठनका अध्यक्ष विद्या उपाध्याय न्यौपानेलाई औपचारिक रुपमा उक्त सामग्री हस्तान्तरण गरे । कार्यक्रममा बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारी, बैंकका संचालक रितेश सिन्हा, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडा, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत प्रबिण मुनि बज्राचार्य र बैंक तथा संस्थाका पदाधिकारीहरुको उपस्थिति थियो ।
बैंकले समुदाय स्तरमा यस्ता गतिविधिहरु समय समयमा गर्दै आइरहेको छ । जसबाट बालबालिकाहरुको तत्काल आवश्यकताहरू पुरा हुनुका साथै उनीहरुको समग्र विकासमा सहयोग पु¥याउने लक्ष्य बैंकले राखेको जनाएको छ ।

















प्रतिक्रिया दिनुहोस्