काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले श्री लक्ष्मी आधारभूत विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कास्कीको अन्नपूर्ण–३, पाउँदुरस्थित श्री लक्ष्मी आधारभूत विद्यालयलाई शैक्षिक सामग्री प्रदान गरेको हो । बैंकका पोखरा क्षेत्र प्रमुख शिब कुमार ढकालले विद्यालयका प्रधानाध्यापक तारा नाथ पौडेललाई स्टेश्नरी तथा शैक्षिक सामग्री हस्तान्तरण गरेको बैंकले जनाएको छ ।
प्रधानाध्यापक पौडेलले विद्यालयमा अध्ययनरत आर्थिक रूपले पिछडिएका समुदायका बालबालिकाको लागि बैंकले गरेको सहयोगले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । उनले बैंकद्वारा गरिएको सहयोगले विद्यार्थीहरूको अध्ययनमा थप प्रेरणा मिल्ने बताए ।
बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका कार्यक्रमहरुलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

















प्रतिक्रिया दिनुहोस्