Advertisement
Advertisement
Corporate Samachar
३ भाद्र २०८३, बुधबार
Advertisement
Advertisement

माघ १ गतेदेखि सबै प्रकारका भुक्तानी विद्युतीय प्रणाली मार्फत गराउन बीमा कम्पनीलाई प्राधिकरणको निर्देशन

माघ १ गतेदेखि सबै प्रकारका भुक्तानी विद्युतीय प्रणाली मार्फत गराउन बीमा कम्पनीलाई प्राधिकरणको निर्देशन
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आगामी माघ १ गतेदेखि सबै प्रकारका भुक्तानीहरू अनिवार्य विद्युतीय प्रणाली मार्फत गर्ने व्यवस्था गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ।

विज्ञापन
Advertisement
Advertisement

मंगलबार प्राधिकरणले जीवन बीमा, निर्जीवन बीमा, पुनर्बीमा, लघुबीमा लगायतलाई माघ १ गतेदेखि सबै प्रकारका भुक्तानीहरू सम्बन्धित व्यक्ति वा संस्थाको बैंक खातामा अनिवार्य रूपमा कारोबार हुनुपर्ने उल्लेख गर्दै विद्युतीय प्रणाली मार्फत कारोबार गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

यसअघि, प्राधिकरणले बीमा कम्पनीका स्थायी, अस्थायी, करार वा ज्यालादारी सबै प्रकारका कर्मचारी तथा श्रमिकहरूलाई दिइने पारिश्रमिक बापतको भुक्तानी अनिवार्य डिजिटल रुपमा गर्न भनेको थियो ।

सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी निर्देशन, २०८२ मा बीमकले बीमालेख अन्तर्गत दाबी भुक्तानी गर्दा अनिवार्य रूपमा बीमालेखका शर्त वा प्रचलित कानून बमोजिम भुक्तानी पाउने व्यक्तिको बैंक वा वित्तीय संस्थामा रहेको खातामा जम्मा हुने गरी भुक्तानी गर्नु पर्ने व्यवस्था रहेको छ । सरकारले सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानी बैंकिङ प्रणाली मार्फत गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याइसकेको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit