Advertisement
Advertisement
Corporate Samachar
१७ असार २०८३, बुधबार
Advertisement

निर्माण व्यवसायीलाई काम गर्ने वातावरण बनाउनुपर्छः अध्यक्ष सिंह

निर्माण व्यवसायीलाई काम गर्ने वातावरण बनाउनुपर्छः अध्यक्ष सिंह
विज्ञापन
Advertisement

देवदह, रुपेन्देही । नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीलाई काम गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् । । उनले व्यवसायीलाई दुःख दिन नहुने बताए ।

विज्ञापन
Advertisement
Advertisement

भैरहवामा आज आयोजित लुम्बिनी निर्माण व्यवसायी सङ्घ, रुपन्देहीको १९औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहमा अध्यक्ष सिंहले मुलुकमा विश्वासको वातावरण बनाउनुपर्ने बताए ।

‘आमजनतालाई सुशासनको अनुभूति दिलाउन नागरिक सरकार सचेत हुनुपर्छ’, उनले भने, ‘अहिलेको स्थितिमा उद्योगी–व्यवसायी सङ्कटमा छन् । मुलुकको समृद्धिको सम्वाहक निर्माण उद्योगी–व्यवसायी हुन् ।’ अध्यक्ष सिंहले जेनजी विद्रोहबाट बनेको यो सरकारको म्याण्डेट र जनताको अपेक्षा बुझ्न प्रधानमन्त्री सुशीला कार्कीलाई आग्रह गरे । उनले भने विगतमा एउटै निर्माण कम्पनीले सयौँ काम गर्ने जिम्मेवारी लिँदा समयमै काम नभएको र त्यसले नकारात्मक सन्देश गएकाले त्यसलाई कम गर्ने प्रयास गरिएको बताए ।

स्थानीय तहबाट गैरजिम्मेवार रुपमा निर्माण व्यवसायको लाइसेन्स वितरण गरिएको अध्यक्ष सिंहले आरोप बताए । निर्माण व्यवसायी मात्र नभइ आमजनता कम रकम कबोल (लो–बिडिङ) बाट आक्रान्त भएका उनले भनाइ थियो । अध्यक्ष सिंहले खरिदको प्रकृतिअनुसार सार्वजनिक खरिद ऐनमा संशोधन आवश्यक रहेको बताए ।

पूर्वाधार कार्यलाई चलायमान बनाउन सार्वजनिक खरिद ऐनसहित अन्य ऐनलाई समायोजन गरेर छाता ऐन बनाउनुपर्ने उनले भनाइ थियो । मुलुुकलाई समृद्ध बनाउन निर्माण व्यवसायीले छाता ऐनको अपेक्षा राखेको अध्यक्ष सिंहले बताए ।

सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारीले राम्रोसँग काम गर्दागर्दै पनि कसैले व्यवसायीलाई दुःख दिए सहेर नबस्न आग्रह गरे । उनले निर्माण व्यवसायीको ठूलो लगानी रहेको र राज्यलाई कर तिर्दै आएको बताए । उपप्रमुख अधिकारीले कम रकम कबोल (लो–बिडिङ) का कारण काम गुणस्तरीय र समयमा हुन नसकेको बताए।

लुम्बिनी निर्माण व्यवसायी सङ्घ, रुपन्देहीका अध्यक्ष मञ्जु भुसालले राम्रो काम गर्दा प्रशंसा हुनुपर्ने तर, नराम्रा कामप्रति जवाफदेही भइ कारबाही भोग्नुपर्ने बताए । उनले निर्माण व्यवसायी एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जे लामा, उपाध्यक्ष टोपबहादुर रायमाझी, महासचिव रोशन दाहाल, पूर्व वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे, लुम्बिनी प्रदेशका अध्यक्ष बलिभद्र राना, सिद्धार्थ सञ्जाल रुपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवाली, चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष सचिन रोक्का, सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष दिलीप कुमार कान्दु, लुम्बिनी निर्माण व्यवसायी सङ्घका महासचिव प्रितम रौनियार, सङ्घको बुटवल शाखाका अध्यक्ष बुद्धिराज थापालगायतले आ–आफ्नो धारणा राखे । विसं २०५३ मा स्थापना भएको लुम्बिनी निर्माण व्यवसायी सङ्घ, रुपन्देहीमा हाल ४५० बढी सदस्य आबद्ध रहेका सङ्घका महासचिव प्रितम रौनियारले जानकारी दिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit