Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

‘कमला पुल असार मसान्तसम्म सञ्चालनमा आउँछ ’

‘कमला पुल असार मसान्तसम्म सञ्चालनमा आउँछ ’
विज्ञापन
Advertisement

जनकपुर । सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला नदीमाथिको कमला पुलको पुनःनिर्माण कार्य तीव्र गतिमा अघि बढाइएको छ । लामो समयदेखि अलपत्र अवस्थामा रहेको पुललाई असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्यसहित हाल बाँकी संरचनात्मक र फिनिसिङसम्बन्धी काम भइरहेको बताइएको छ।

विज्ञापन
Advertisement
Advertisement

लुम्बिनी बिल्डर्सका साईट इन्चार्ज सुदिप थापाका अनुसार देनिक ४० देखि ५० जना कामदारको टोलीले पुल मर्मत र संरचना निर्माणको कार्य गरिरहेको छ । पप्पु लुम्बिनी जेभीले पुल निर्माण गर्ने ठेक्का पाएपनि पप्पु कन्सट्रक्सनलाई सरकारले कालो सूचिमा राखेकोले अब लुम्बिनी बिल्डर्सले एक्लै बाँकी निर्माण कार्य र ममर्तका कार्यहरु गरिरहेको छ ।

साईट इन्चार्ज थापाका अनुसार जम्मा ४० प्रतिशत काम सम्पन्न भएको छ। बाँकी रहेको ६० प्रतिशत काम निर्धारित समय भित्रै सम्पन्न हुनेमा कुनै शंका नरहेको उनले बताए । उनले असार मसान्तमा उक्त पुलबाट आवतजावत सुरु हुने दाबी गरे । हुलाकी राजमार्गअन्तर्गत पर्ने यो पुल निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले विगतमा पटक–पटक समयसीमा उल्लंघन गर्ने तथा सरकारी पक्षबाट पनि म्याद थप गर्न आनाकानी नगर्ने प्रवृतिका कारण यो पुल १४ वर्षसम्म पनि पूरा हुन सकेको छैन् ।

यसअघि १७ असार २०७८ मा कमला नदीमा आएको बाढीले पुलको दुईवटा जग भासिएर ४ वटा स्लावमा क्षति पुगेको थियो। क्षति पुगेका स्लावमध्ये सिराहातर्फ (पूर्व) को २ वटा स्लाव हटाइएको छ भने धनुषा (पश्चिम) पट्टिको २ वटा स्लाव हटाउन नपर्ने प्राविधिक अध्ययनबाट देखिएको छ। पुल निर्माण समयमै सम्पन्न नहुँदा सिरहा र धनुषाका स्थानीय बासिन्दा जोखिमपूर्ण अस्थायी बाटो प्रयोग गर्न बाध्य छन्। तत्कालिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री समेत रहेका कुलमान घिसिङले गत ५ मंसिरमा स्थलगत अनुगमन गरी पुल निर्माण तथा पुनस्र्थापनाको काम तत्काल अघि बढाएर तोकिएकै मितिभित्र सम्पन्न गर्न निर्देशन दिएका थिए। त्यसयता उक्त पुल निर्माण कार्यले पुनः गति लिएपनि भौतिक प्रगतिको आधारमा मूल्यांकन गर्ने हो भने चैत मसान्तभित्र पूर्णता पाउनेमा भने संशय देखिन्छ ।

पुल निर्माणपछि स्थानीयलाई कमला नदी वारपार गर्न जोखिमपूर्ण र कष्ठकर यात्रा गर्नुपर्ने बाध्यताको अन्त्य हुने छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit