Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

कामना सेवा विकास बैंकद्वारा बालबालिकालाई सहयोग प्रदान

कामना सेवा विकास बैंकद्वारा बालबालिकालाई सहयोग प्रदान
विज्ञापन
Advertisement

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले बुटवल क्षेत्रका बालकालिकालाई आवश्यक सामग्री प्रदान गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय भैरहवा र मणिग्राम मार्फत समुदाय लक्षित सामाजिक कार्यक्रमहरू सञ्चालन गरेको जनाएको हो । जसमा भैरहवा शाखामार्फत लुम्बिनी अपाङ्ग दृष्टिविहीन अनाथ आश्रमलाई तीन थान बेड तथा मणिग्राम शाखा मार्फत शान्ति नमुना माध्यमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा प्रदान गरेको जनाएको छ । बुटवल क्षेत्र प्रमुख हेमन्त बाबु आचार्यले उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

सो अवसरमा आचार्यले सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रम मार्फत सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे । यस्तै, बैंकको खुर्खुरे शाखाबाट पनि राप्ती नगरपालिका–१२ स्थित भविष्य निर्माण आधारभूत विद्यालयलाई न्यानो कपडा वितरण गरेको जनाइएको छ । बैंकको नारायणगढ क्षेत्र प्रमुख सुरेन्द्र भण्डारीले श्री भविष्य निर्माण आधारभूत विद्यालयमा अध्ययनरत कक्षा १ देखि ३ सम्मका ७० जना विकट क्षेत्रका विपन्न तथा सीमान्तकृत चेपाङ् समुदायका बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको बैंकले जनाएको छ ।

यस्तै, बैंकले आगामी दिनहरुमा समेत आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गतको सहयोग कार्यक्रमहरुलाई निरन्तरता दिने जनाएको छ ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit