Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

भक्तपुर उद्योग वाणिज्य संघमा यस्तो बन्यो २४ सदस्यीय नयाँ कार्यसमिति

भक्तपुर उद्योग वाणिज्य संघमा यस्तो बन्यो २४ सदस्यीय नयाँ कार्यसमिति
विज्ञापन
Advertisement

काठमाडौं । भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्णमुरारी न्यौपाने निर्विरोध चयन भएका छन्। संघको ३८ औं वार्षिक साधारणसभाबाट २४ सदस्यीय कार्यसमिति चयन भएको हो । संघको वरिष्ठ उपाध्यक्षमा राजेन्द्रप्रसाद प्रजापति,साधारण सदस्यतर्फको उपाध्यक्षमा दिनेश गोसाई, वस्तुगत सदस्यतर्फको उपाध्यक्षमा विश्वराम दुवाल र एसोसिएटतर्फको उपाध्यक्षमा गणेशहरि प्रजापति निर्वाचित भएका छन्।

विज्ञापन
Advertisement
Advertisement

यसैगरी, महासचिवमा रुकेश रंजित, सचिवमा गौतम सुजखूर कोषाध्यक्षमा रंजित मारिखू निर्वाचित भए । कार्यसमिति सदस्यमा अनिल शिवाकोटी, ऋषिकेश श्रेष्ठ, अमरबहादुर मानन्धर, गणेशभक्त गोसाई, महेशकुमार शर्मा, नारायणप्रसाद भुसाल, राजेश त्वानाबासू (राजु), राधाकृष्ण सापकोटा, सुरेन्द्र प्रजापति, सन्तोषकुमार मिश्र,र श्यामप्रसाद मानन्धर निर्वाचित भएको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

साथै, महिलातर्फ कार्यसमिति सदस्यमा मञ्जु सुवेदी र सरस्वती कार्की, वस्तुगततर्फ कृतन अवाल, एसोसिएटतर्फ बिजोन त्वानाबासू र शिशिर किसी निर्वाचित भएका छन्। महासचिव र एसोसिएटतर्फका कार्यसमिति सदस्य बाहेक अन्य सबै पदाधिकारी र सदस्य निर्विरोध चयन भएका हुन् ।

संघको ३८ औं वार्षिक साधारणसभा तथा अधिवेशन शुक्रबार उद्घाटन भएको हो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit