Advertisement
Advertisement
Corporate Samachar
८ भाद्र २०८३, सोमबार
Advertisement
Advertisement

नेपालमै डिजाइन र उत्पादन भएको विद्युतीय स्कुटर ‘पी टू’ सार्वजनिक

नेपालमै डिजाइन र उत्पादन भएको विद्युतीय स्कुटर ‘पी टू’ सार्वजनिक
विज्ञापन
Advertisement

काठमाडौं । सिप्रदी र यात्री मोटरसाइकलको संयुक्त उपक्रम सिप्रदी यात्री प्रालिले नेपालमै डिजाइन तथा उत्पादन गरेको विद्युतीय स्कुटर ‘पी टू’ सार्वजनिक गरेको छ। बुढानीलकण्ठमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘पी टू’ सार्वजनिक गरेका हुन्।

विज्ञापन
Advertisement
Advertisement

डिजाइन, इन्जिनियरिङ, ब्याट्री, मोटर र सफ्टवेयरलगायतका पक्षमा नेपाली सोच, सीप र श्रम प्रयोग गरिएको कम्पनीले जनाएको छ। ‘पी टू’ मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने नाडा अटो शोमा समेत आम उपभोक्तामाझ सार्वजनिक गरिनेछ।

स्कुटर सार्वजनिक गर्दै अर्थमन्त्री वाग्लेले विद्युतीय सवारीसाधन नै भविष्यको महत्वपूर्ण आधार भएको बताए। नेपाली इन्जिनियर तथा प्राविधिकले अरूको नक्कल नगरी आफ्नै मौलिक डिजाइन र प्रविधिमा विश्वस्तरीय सवारीसाधन बनाउन सक्छन् भन्ने ‘पी टू’ले प्रमाणित गरेको उनको भनाइ थियो।

यात्री मोटरसाइकलको बुढानीलकण्ठस्थित डिजाइन स्टुडियोमा ‘पी टू’को डिजाइन तथा प्रोटोटाइप तयार गरिएको हो। यसको ठूलो परिमाणमा उत्पादनका लागि सिप्रदी यात्रीले धादिङको गजुरीमा उत्पादन प्लान्ट निर्माण गरिरहेको छ।

सिप्रदी र यात्री मोटरसाइकलबीच नेपालमै विद्युतीय मोटरसाइकल तथा स्कुटर उत्पादन गर्ने उद्देश्यसहित लामो समयको छलफलपछि २०८१ असारमा औपचारिक रणनीतिक सम्झौता भएको थियो। सोही सहकार्यको परिणामस्वरूप ‘पी टू’ बजारमा ल्याइएको हो।

यात्री मोटरसाइकलका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत असिम पाण्डेले ‘पी टू’ तयार हुनु नौ वर्षदेखिको निरन्तर प्रयासको परिणाम भएको बताए। यात्रीको पहिलो उत्पादन ‘पी वान’ प्रयोगकर्ताले दिएको अनुभव र प्रतिक्रियाले नयाँ उत्पादन विकासमा महत्वपूर्ण योगदान गरेको उनको भनाइ छ।

उनका अनुसार ‘पी वान’ प्रयोगकर्ताले पछिल्ला तीन–चार वर्षमा करिब ३० लाख किलोमिटर स्कुटर चलाएर प्राप्त अनुभवले ‘पी टू’लाई थप विकास गर्न सहयोग गरेको छ।

सिप्रदी यात्रीले ‘पी टू’लाई प्रतिस्पर्धी मूल्यमा बजारमा ल्याउने तयारी गरेको जनाएको छ। नेपाली बजारमा बिक्री विस्तारसँगै भविष्यमा अन्तर्राष्ट्रिय बजारमा समेत निर्यात गर्न सकिने सम्भावना रहेको कम्पनीको विश्वास छ।

पाण्डेले ‘पी टू’ नेपाली उत्पादनको क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण उत्पादन भएको भन्दै नाडा अटो शोमार्फत उपभोक्ताले यसको डिजाइन, प्रविधि र कार्यक्षमता प्रत्यक्ष बुझ्न सक्ने बताए।

नेपालमै डिजाइन र उत्पादन गरिएको ‘पी टू’ सार्वजनिक भएसँगै नेपाली विद्युतीय सवारीसाधन उद्योगमा स्वदेशी प्रविधि, इन्जिनियरिङ र उत्पादन क्षमताको नयाँ चरण सुरु भएको कम्पनीको दाबी छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit