काठमाडौं । फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’बाट सम्मानित भएकी छन् । फेसन डिजाइनिङ क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै एभरेस्ट इभेन्टले उनलाई सम्मान गरेको हो ।
चौलागाईंसहित विभिन्न क्षेत्रमा योगदान पुर्याउने १० जनालाई समारोहमा सम्मान गरिएको थियो । एक दशकदेखि फेसन डिजाइनिङमा सक्रिय चौलागाईंले नेपाली फिल्म, म्युजिक भिडियो तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय मोडलका लागि डिजाइन गर्दै आएकी छन् ।
उनले काठमाडौंको कोटेश्वरमा ‘भ्यालेन्टिनो फेसन तथा इन्टेरियर डिजाइनिङ कलेज’ समेत सञ्चालन गर्दै आएकी छन् ।
















प्रतिक्रिया दिनुहोस्