Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

नेशनल लाईफ इन्स्योरेन्सको १३.१५ प्रतिशत लाभांश प्रस्ताव पारित, कूल बीमाशुल्क १०.२६ प्रतिशतले वृद्धि

नेशनल लाईफ इन्स्योरेन्सको १३.१५ प्रतिशत लाभांश प्रस्ताव पारित, कूल बीमाशुल्क १०.२६ प्रतिशतले वृद्धि
विज्ञापन
Advertisement

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सको ३८ औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । कम्पनी अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सम्पन्न सभाबाट आ.व. २०८१/०८२ को लागि शेयरधनिलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित भएको छ । कम्पनीको अद्यावधिक चुक्ता पुँजी ५ अर्ब ४७ करोड २७ लाख ३९ हजार ७३६ रुपैयाँ रहेको छ ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनी सञ्चालकले यसअघि कम्पनीका लगानीकर्तालाई आ.व २०८१/८२ को मुनाफाबाट करसहित नगद र बोनस शेयर गरेर १३.१५ प्रतिशत प्रतिफल बाँड्ने निणर्य गरेका थिए । घोषणा अनुसार शेयरधनीले लाभांश नगदमा चुक्ता पुँजीको ८.५ प्रतिशतले हुन आउने ४६ करोड ५१ लाख ८२ हजार ८७८ रुपैयाँ पाउनेछन्। यस्तै, चुक्ता पुँजीको ४ प्रतिशतले हुन आउने २१ करोड ८९ लाख ९ हजार ५८९ रुपैयाँ बराबरको बोनस शेयर पाउनेछन् ।

जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब पु¥याउनु पर्ने बाध्यात्मक ब्यवस्था गरेकोमा कम्पनीमा हाल कायम रहेको चुक्ता पुँजी ५ अर्ब ४७ करोड २७ लाख ३९ हजार ७३६ रुपैयाँमा ४ प्रतिशतको बोनस शेयर थप गरी कूल चुक्ता पुँजी ५ अर्ब ६९ करोड १६ लाख ४९ हजार ३२५ रुपैयाँ कामय भएको जनाएको छ ।

सभामा अध्यक्ष सिंहले समीक्षा वर्ष २०८१/८२ मा विविध चुनौतिको बावजुद विश्व अर्थतन्त्र लचिलो स्थितिमा नै रहेको उल्लेख गरिन् । यस्तै, आ.व.२०८१/०८२ मा कम्पनीको ब्यवसाय सन्तोषनजनक रहेको बताइएको छ । कम्पनीको कूल बीमाशुल्क १०.२६ प्रतिशतले वृद्धि भई २२ अर्ब ५९ खर्ब ३७ करोड रुपैयाा पुगेको छ । समीक्षा वर्षको संचालनबाट १४खर्ब ९८ अर्ब ५९ करोड खूद थप रकम कूल बीमा करार दायित्वमा सारिएको कम्पनीले जनाएको छ । कूल बीमा करार दायित्व गत वर्षको तुलनामा १८.८३ प्रतिशतले बढेर ९४५८.७७ करोड पुगेको छ । यसैगरी कम्पनीले समीक्षा वर्षमा मृत्यु दाबी, अवधि समाप्ती एवं आंशिक अवधि समाप्ती दाबी, सर्मपण मूल्य, दाबी एंव अन्य दाबी भुक्तानीमा ९४८.६५ करोड रुपैयाँ भुक्तानी गरेको उल्लेख छ ।

कम्पनीले आफ्ना सबै लगानी योग्य रकमहरु नेपाल बीमा प्राधिकरणबाट निर्देशित क्षेत्र भित्र रहेर पारदर्शीता एवं प्रतिफलको हिसाबले अधिकतम दीर्घकालिन लगानीका औजारहरुमा लगानी गर्दै आएको जनाएको छ। सबाट बीमितहरुको अधिकतम् हित संरक्षण हुनेमा कम्पनी विश्वस्त रहेको उल्लेख छ । कम्पनीको कूल लगानी समीक्षा वर्षमा ११.०४ प्रतिशतले वृृद्धि भई वर्षान्तमा ७,७९०.२० करोड रुपैयाँ पुगेको छ । यस्तै, कम्पनीको लगानीमा वार्षिक औसत प्रतिफल दर सन्तोषजनक रहेको छ र आ.व.२०८१/०८२ मा सो दर ८.७६ प्रतिशत कायम रहेको जनाएको छ ।

कम्पनीले आफ्नो लगानी विविधिकरण गर्न प्रयासरत रहेको र सोही क्रममा कम्पनीले आ.व.२०८२/०८३ मा हिमालयन बैंक लि. को २,८०,१२,४४७.४५ कित्ता संस्थापक शेयर .३,३३,०१,१९,७५२.८५ रुपैयाँमा खरीद गरेको छ । उक्त बैंकमा कम्पनीको शेयर स्वामित्व हिस्सा १३.६१ प्रतिशत पुगेको छ । यसैगरी, कम्पनीले मर्चेण्ट बैंकरको रुपमा प्रबद्र्धन गरेको सहायक कम्पनी नेशनल क्यापिटल लि.ले आवश्यक ईजाजतपत्र प्राप्त गरी संचालनमा आएको छ र आ.व.२०८१/०८२ को लागि पहिलो पल्ट ७ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।

कम्पनीले आफ्नो ईटहरी शाखाको लागि आफ्नो स्वामित्वमा रहेको जग्गामा नयाँ आधुनिक ब्यापारिक भवन निर्माण प्रकृया अगी बढाएको जनाएको छ । कम्पनीलाई प्रविधि मैत्री बनाउन लगानी भैरहेको उल्लेख गर्दै कर्मचारीहरुलाई प्रशिक्षित गर्न आवश्यक प्राविधिक तालिम प्रदान गर्नमा कम्पनी केन्द्रित रहेको कम्पनी सचिवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit