Advertisement
Advertisement
Corporate Samachar
८ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

एसबीआई बैंक लुटपाटः मुख्य योजनाकार घरबेटीसहित ७ जना पक्राउ, करोड ६८ लाख ५५ हजार बरामद

एसबीआई बैंक लुटपाटः मुख्य योजनाकार घरबेटीसहित ७ जना पक्राउ, करोड ६८ लाख ५५ हजार बरामद
विज्ञापन
Advertisement

सिन्धुली। सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ हायुटारस्थित नेपाल एसबीआई बैंकको शाखामा भएको करोडौँ रुपैयाँ लुटपाट गर्नेलाई प्रहरीले सार्वजनिक गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) लालध्वज सुवेदीका अनुसार उनीहरुले असोजदेखि नै बैंक लुट्ने योजना बनाएर पटक–पटक प्रयास गरेको पाइएको छ। एसपी सुवेदीका अनुसार लुटेरा समूहले पुस २३ गते पनि दुईवटा भाडाका मोटरसाइकल लिएर बैंक लुट्न गएका थिए, तर योजनामा उनीहरु असफल भए । एसपी सुवेदीले भने, ‘पक्राउ परेका व्यक्तिहरूकोले असोजदेखि नै बैंक लुट्ने योजना बनाएका रहेछन् । यो समूहले पटक–पटक लुटपाटको असफल प्रयास समेत गरेको थियो ।’

पुस २३ को लुट्ने मिसन सफल नभएपछि यो समूह पुनः २८ गते काठमाडौं फर्किएको थियो । त्यसको भोलिपल्ट अर्थात् २९ गते उनीहरू सार्वजनिक बस चढेर बनेपा पुगेका थिए । त्यहाँबाट भने लुटेरा समुहले बेहुली लिन जाने भन्दै बाप्र ०३–००१ ख ५८९८ नम्बरको टाटा सुमो रिजर्भ गरी घ्याङलेखतर्फ लागेको अनुसन्धानबाट खुलेको छ। मंगलबार साझ भएको लुटपाटमा संलग्नलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले शुक्रबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा काभ्रे बनेपाका भागवत सिंह थापा, सिन्धुली घ्याङलेखका–२ का ४७ वर्षीय चतुरमान बज्यु, सोहीका ४४ वर्षीय छविलाल स्याङ्ताङ, चितवन भरतपुर–२ का २४ वर्षिय शशंका श्रेष्ठ, नुवाकोटका २३ वर्षीय मिलन गिरी, सोहीका विवेक मगर रहेका छन् । एक जना भने नाबालक रहेको प्रहरीले जनाएको छ।

घरधनीकै योजनामा बैंक लुटपाट

प्रहरीको प्राविधिक विश्लेषण र पक्राउ परेकाहरूको प्रारम्भिक बयानबाट बैंक रहेको घरका धनी छविलाल स्याङ्तान नै यो घटनाको मुख्य योजनाकार रहेको खुलेको छ । एसपी सुवेदीका अनुसार लुटिएको एसबीआई बैंकको शाखा घ्याङलेख गाउँपालिका–२ का छविलालकै घरमा भाडामा राखिएको थियो। छविलालले आफ्नो योजनामा चतुरमानलाई संलग्न गराई अन्यको सहयोगमा मंगलबार बैंक लुटाएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । ‘बैंक लुट्ने योजना गत असोजबाट नै बनाएको देखिन्छ । तर, विभिन्न सयममा असफल भएपछि मंगलबार लुटियो’ एसपी सुवेदीले भने, ‘लुटपाटमा घरधनी छविलाल स्याङ्तानको भूमिका मुख्य देखिएको छ, हातहतियार, सूचना र निर्देशन घरधनिले नै दिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ।’

प्रहरीले बैंक लुटपाटमा संलग्न पाँच जनालाई पक्राउ गरेर अनुसन्धान गर्ने क्रममा घरधनीकै संलग्नता रहेको पाएपछि छविलाललाई बिहीबार पक्राउ गरेको थियो । स्याङ्तान जंगलमा लुकेर बसेका थिए । अभियुक्त चतुरमान बज्यु घरधनीका जेठान पर्ने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पुस २९ गते साँझ ७ः३० बजे ५ जनाको समूह बैंकभित्र प्रवेश गरेको थियो । लुटपाट गर्ने समूहले बैंकका सुरक्षा गार्ड रुद्रबहादुर कार्की र बैंकका कर्मचारीलाई समेत नियन्त्रणमा लिई मुखमा टेप बाँधेर कुटपिट गरेका थिए । एक जनामाथि खुकुरी समेत प्रहार गरेका थिए । त्यसपछि उनीहरूले बैंकका शाखा प्रमुखलाई नक्कली पेस्तोल देखाएर बैंकको मुख्य भल्टको ताल्चा खोल्न लगाई उक्त भल्टबाट ३ करोड ७ लाख रुपैयाँ लिएर फरार भएका थिए ।

लुटेरा खोज्न एसपीको कमाण्डमा ५० जना प्रहरी परिचालन

घटनाको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय बस्तीपुरको टोली घटनास्थल पुगेर बन्धक बनाइएका कर्मचारीहरूको उद्धार गरेको थियो । एसपी सुवेदीका अनुसार उनी आफैँ ५० जनाको प्रहरी टोली लिएर घटनाको अनुसन्धानमा लागेका थिए । खोजतलासका क्रममा प्रहरीले घटनास्थलबाट २ किलोमिटर पूर्व लिपिखोला भन्ने स्थानमा रिजर्भमा लगिएको टाटा सुमो र चालक भगवत सिंह थापालाई भेट्टायो । सोधपुछका क्रममा चालकले बनेपाबाट ६ जनालाई ल्याएको बताएपछि प्रहरीले उनलाई नियन्त्रणमा लियो ।

त्यसपछि प्रहरीले रातभर जंगलमा खोजी गर्यो । सो क्रममा प्रहरीले जंगलका विभिन्न स्थानमा बोरामा लुकाइएको १ करोड ८ लाख १० हजार ५०० रुपैयाँ २९ गते राति फेला पारेको थियो । त्यसको भोलिपल्टै बिहान घ्याङलेख–१ बाट स्थानीयको सहयोगमा प्रहरीले ४ जना शंकास्पद व्यक्तिहरूलाई पक्राउ गर्यो । एसपी सुवेदीका अनुसार उनीहरूको साथबाट ५ लाख ९ हजार ६७५ रुपैयाँ फेला परेपछि बयानका आधारमा जंगलमा लुकाइएको थप ८३ लाख ३५ हजार रुपैयाँ प्रहरीले बरामद गरेको हो । प्रहरीले शुक्रबार सम्म लुटिएको मध्ये कुल २ करोड ६८ लाख ५५ हजार १७५ रुपैयाँ बरामद गरिसकेको जनाएको छ।

प्रहरीले लुटिएको नगदसँगै घटनामा प्रयोग भएको २ थान खुकुरी, १ थान प्लास्टिकको नक्कली पेस्तोल, ५ थान मोबाइल, १ थान ठूलो टेप, १ थान रातो नकाब,३ थान कालो नकाब र एक जोर कालो पञ्जा समेत बरामद गरेको जानकारी दिएको छ । एसपी सुवेदीले घटनाबारे अनुसन्धान भैरहेको बताए । पक्राउ परेका सातै जनामाथि पुस २९ गतेबाट लागू हुने गरी ५ दिनको म्याद थपेर अनुसन्धान भइरहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit