Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

पोखराबाट पक्राउ परेका मेडिकल व्यवसायी प्रसाईंलाई काठमाडौं ल्याउने तयारी

पोखराबाट पक्राउ परेका मेडिकल व्यवसायी प्रसाईंलाई काठमाडौं ल्याउने तयारी
विज्ञापन
Advertisement

काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । प्रसाईंलाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

आज दिउँसो पोखराबाट पक्राउ परेका प्रसाईंलाई काठमाडौं पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिए । ‘उहाँको मुद्दा काठमाडौंमा भएकाले उतै पठाउन लागिएको हो’, कार्कीले भने।

यसअघि आइतबार निर्वाचन आयोगले प्रसाईंलाई कारबाही गर्न माग गर्दै प्रहरीको साइबर ब्यूरोमा पत्राचार गरेको थियो। प्रसाईंले केही दिनअघि कांग्रेसको विशेष महाधिवेशन पक्षले आयोगलाई ५२ करोड बुझाएको आरोपसहित एक भिडियो सार्वजनिक गरेका थिए । सोही विषयमा आयोगले प्रसाईँलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो ।

नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाईंमाथि अ निर्वाचन कसुर सम्बन्धी कसुर र मुलुकी फौजदारी संहिताअन्तर्गतको कसुरमा कारबाही हुनुपर्ने माग राखिएको छ। फाइल फोटो

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit