Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

साँघुरिएको विकृत आर्थिक मोडेललाई कसरी परिवर्तन गर्ने भनेर रास्वपा चिन्तनशील छ : स्वर्णिम वाग्ले

साँघुरिएको विकृत आर्थिक मोडेललाई कसरी परिवर्तन गर्ने भनेर रास्वपा चिन्तनशील छ : स्वर्णिम वाग्ले
विज्ञापन
Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक मोडल नै परिवर्तन गर्नेबारे पार्टीले सोचिरहेको बताएका छन् । स्वपाको सोमबार जनकपुरमा आयोजित ‘परिवर्तनको उद्घोष सभा’मा वाग्लेले नेपालको आर्थिक मोडल विकृत र असाध्यै साँघुरिएको बताए ।

विज्ञापन
Advertisement
Advertisement

देशमा आर्थिक विकास नभएको उल्लेख गर्दै उनले लाखौंको संख्यामा विदेशमा रहेका नागरिकले पठाएको रेमिट्यान्सले मात्र देश चलेको बताए । यस्तै, उनले विकासको लागि नयाँ आर्थिक मोडल चाहिनेमा जोड दिए । ‘हामीले विभिन्न आयामहरुमा काम गर्नुपर्ने छ। आज युवाहरु लाखौंको संख्यामा विदेशमा छन् र ठूलो मात्रामा विप्रेषण पठाएका छन’ वाग्लेले भने, ‘रोजगारीको लागि विदेशमै जानुपर्ने, उपभोगको लागि आयात नै गर्नुपर्ने, लगानीको लागि घरजग्गा नै खोज्नुपर्ने यो असाध्यै साँघुरिएको विकृत आर्थिक मोडेललाई कसरी परिवर्तन गर्ने भनेर अहिले हामी चिन्तनशिल छौं ।’

यस्तै उनले मधेस प्रदेशलाई रास्वपाले संमृद्धिको केन्द्रमा राखेको पनि चर्चा गरे । उनले अबको दुई दशकपछिको देशको संमृद्धिको खाका बनाउँदा मधेस प्रदेशलाई मध्ये भागमा राखेर काम गर्ने उल्लेख गरे । ‘अबको २० वर्षमा (वि.सं.२१००) सम्ममा देशलाई कहाँ पुर्याउने भनेर हामीले सपना देख्दै गर्दा त्यो राष्ट्रिय सम्मृद्धिको इन्जिनको केन्द्रविन्दुमा हामीले मधेसलाई राखेका छौं’ वाग्लेले भने,‘गणेशमानले २०१६ सालमा शुभारम्भ गरेको कमला योजना आजसम्म सकिएको छैन । यो हाम्रो विकास प्रकृयामा हुने ढिलासुस्ती र भ्रष्टाचारको दृष्टान्त हो ।’

यसैगरी, वाग्लेले मधेश प्रदेशको आधा जनलाई सिँचाइ सुविधा उपलब्ध गराउने सुनकोशी मरिण डाइभर्सन पूरा नहुनुमा भ्रष्टाचार र ढिलासुस्ती रहेको बताए । ‘आधा मधेसलाई सिञ्चित गर्न सक्ने सुनकोशी मरिण डाइभर्सनलाई अघि बढाउन जति प्राथमिकता दिनुपर्ने थियो त्यो हुन सकेन ्। रास्वपा आएपछि कृषि, सिँचाई, चुरे दोहनदेखि लिएर लगानी र रोजगारी सिर्जना कसरी गर्ने भनेर खाका बनाउँदै गर्दा मधेस त्यसको मध्य भागमा हुन्छ ।’

यस्तै उनले सामाजिक न्यायसहितको उदार अर्थतन्त्र बनाउने दर्शन बोकेको सबै जनताले स्वीकार्ने लोकतान्त्रिक दल रास्वपा भएको उल्लेख गरे । विपक्षीले रास्वपालाई संघीयताविरोधी भनेका सन्दर्भमा उनले रास्वपा संघीयताविरोधी नभएको बताए । तर उनले रास्वपाले प्रदेशलाई अधिकार माग्न काठमाडौं जान नपर्ने गरी सबल बनाउने उल्लेख गरे। यस्तै, उनले रास्वपाले संघीयतालाई स्वीकार नगर्ने बताए । उनले भने, ‘हामीले अहिलेको संघीय ढाचामा सुधार चाहिएको भनेका छौं । रास्वपाले सात वटा प्रदेश चलाउने छैन तर, मधेस प्रदेश रहन्छ । यहाँ मुख्यमन्त्री जनताबाटै छानिने छन् । यहाँभित्र संघीयताको नाउँमा गरिएका बद्मासीहरु र ल्याइएका विकृतिहरुलाई संविधानकै धाराभित्र रहेर सुधार गर्छौं ।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit