Advertisement
Advertisement
Corporate Samachar
१८ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

मनोनयन दर्ता गर्न नेकपा संयोजक दाहाल रुकुम पूर्वमा

मनोनयन दर्ता गर्न नेकपा संयोजक दाहाल रुकुम पूर्वमा
विज्ञापन
Advertisement

रुकुम पूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज रुकुम पूर्वमा पुगेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि मनोनयन दर्ता गर्न आज प्रचण्ड यहाँ आएका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

अध्यक्ष दाहालले भोलि मङ्गलबार उम्मेदवारी दर्ता गरेर बुधबार काठमाडौं फर्कने कार्यक्रम रहेको नेपाली कम्युनिष्ट पार्टी रुकुम पूर्वका जिल्ला इन्चार्ज तेजबहादुर ओलीले जानकारी दिए ।

पूर्वप्रधानमन्त्री यस जिल्लाबाट चुनाव लड्दा यहाँको विकासलाई लिएर रुक्मेली जनता उत्साहित रहेको उद्योग वाणिज्य सङ्घ रुकुम पूर्वका अध्यक्ष केवेन्द्र गौतमले बताए । जनयुद्धको उद्गम थलोका रूपमा चर्चा पाएको यस जिल्लाले चुनावी मैदानमा प्रचण्डको आगमनले यहाँको विकासले उचाइ लिने अपेक्षा गरेको उनले बताए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit