Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

आईटी क्षेत्रका समस्या बुझ्न चिरञ्जीवी अधिकारीको ‘घर–दैलो’ अभियान

आईटी क्षेत्रका समस्या बुझ्न चिरञ्जीवी अधिकारीको ‘घर–दैलो’ अभियान
विज्ञापन
Advertisement

काठमाडौं। नेपालको सूचना प्रविधि (आईटी) क्षेत्र तीव्र रूपमा विस्तार हुँदै गए पनि पुराना कानुन, नीतिगत अस्पष्टता र संरचनागत कमजोरीका कारण यसको पूर्ण क्षमता उपयोग हुन नसकेको भन्दै आईटी अभियन्ता चिरञ्जीवी अधिकारीले ‘सूचना प्रविधि घर–दैलो यात्रा’ अभियान सुरु गरेका छन्।

विज्ञापन
Advertisement
Advertisement

क्यान महासंघका वरिष्ठ उपाध्यक्ष तथा साइबर सुरक्षा विशेषज्ञ अधिकारीले आफ्नो जन्मदिनको अवसर पारेर अभियान सार्वजनिक गर्दै सरकार, नीतिनिर्माता र राजनीतिक दलसमक्ष आईटी क्षेत्रका वास्तविक समस्या प्रत्यक्ष रूपमा पुर्‍याउने उद्देश्य रहेको बताए।

नेपालमा हाल लागू ‘विद्युतीय कारोबार ऐन, २०६३’ प्रविधिको वर्तमान विकाससँग मेल नखाने, डाटा संरक्षण, साइबर सुरक्षा, स्टार्टअप, एआई र क्लाउड कम्प्युटिङजस्ता विषय समेट्न असफल रहेको अधिकारीको भनाइ छ। उनका अनुसार पुराना कानुनका कारण स्टार्टअप, विदेशी लगानी र नवप्रवर्तन प्रभावित हुँदै आएको छ।

अभियान अन्तर्गत कम्तीमा १०० आईटी कम्पनी तथा स्टार्टअपको भ्रमण गरी कर, लगानी, विदेशी भुक्तानी, बौद्धिक सम्पत्ति अधिकार, डाटा एक्सचेन्ज र साइबर सुरक्षासम्बन्धी समस्या संकलन गरिनेछ। साथै सुरक्षित डाटा सेन्टर, डाटा सार्वभौमिकता र एकीकृत डाटा एक्सचेन्ज प्लेटफर्मको आवश्यकता पनि उठाइनेछ।

अधिकारीले आगामी २०२६ को निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरूलाई चुनावी घोषणापत्रमै डिजिटल अर्थतन्त्र, साइबर सुरक्षा र आईटीमैत्री नीतिलाई प्राथमिकता दिन दबाब दिने बताए।

‘घर–दैलो’ यात्राबाट संकलित सुझावका आधारमा राष्ट्रिय सूचना प्रविधि घोषणापत्र तयार गरी सरकार र राजनीतिक नेतृत्वलाई बुझाइनेछ। यस अभियानले डिजिटल नेपाल फ्रेमवर्कलाई कागजमा मात्र सीमित नराखी व्यवहारमा कार्यान्वयन गराउन सहयोग गर्ने अपेक्षा गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit