Advertisement
Advertisement
Corporate Samachar
१९ असार २०८३, शुक्रबार
Advertisement

६ महिनामा ११ खर्ब नजिक पुग्यो वैदेशिक व्यापार : २३ अर्ब २९ करोड बढीको स्मार्टफोन नेपाल भित्रिदा डेढ खर्बको सामान निर्यात

६ महिनामा ११ खर्ब नजिक पुग्यो वैदेशिक व्यापार : २३ अर्ब २९ करोड बढीको स्मार्टफोन नेपाल भित्रिदा डेढ खर्बको सामान निर्यात
विज्ञापन
Advertisement

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा देशको वैदेशिक व्यापार आकार ११ खर्ब रुपैयाँ नजिक पुगेको छ । आयात १४.१८ प्रतिशतले बढेको छ भने निर्यात ४३.७६ प्रतिशतले वृद्धि भएसँगै देशको अर्थतन्त्रको आकार करिब ११ खर्ब रुपैयाँ नजिक पुगेको हो । पुससम्म ९ खर्ब ३९ अर्ब बराबरको वस्तु आयात भएको छ भने मालवस्तु निर्यात १ खर्ब ४२ अर्ब बराबरको भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

अघिल्लो आव सोही अवधिमा ८ खर्ब २२ अर्बको सामान आयात हुँदा ९८ अर्ब ७८ करोडको मात्र वस्तु निर्यात भएको थियो । भन्सार विभागले आज सार्वजनिक गरेको गत पुस मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यसवर्ष कूल वैदेशिक व्यापार १७ दशमलव ३६ र व्यापार घाटा १० दशमलव १५ प्रतिशतले उकालो लागेको छ।

१७.३६ प्रतिशतले बढेको वैदेशिक व्यापार १० खर्ब ८१ अर्ब रुपैयाँ बराबर भएको छ । यसमा ८६.८६ प्रतिशत हिस्सा आयात र १३.१३ प्रतिशत हिस्सा निर्यातको रहेको छ । समीक्षा अवधिमा कूल वैदेशिक व्यापारको आकार ९ खर्ब २१ अर्ब बराबर थियो । यसैगरी, वैदेशिक व्यापारमा नेपालको सबैभन्दा ठूलो साझेदार भारतबाट पछिल्लो छ महिनामा पाँच खर्ब ३२ अर्ब ४५ करोड ६७ लाख बराबरको वस्तु आयात भएको छ । नेपालबाट भने मात्र एक खर्ब १५ अर्ब ७४ करोड ३६ लाख बराबरको सामान निर्यात भएको तथ्यांकमा उल्लेख छ। यो अवधिमा नेपालको भारतसँगको व्यापार घाटा चार खर्ब १६ अर्ब ७१ करोड ३० लाख रुपैयाँ पुगेको छ।

यस्तै, नेपालले छिमेकी चीनसँग दोस्रो त्रैमाससम्म आइपुग्दा एक खर्ब ९६ अर्ब ९४ लाख बराबरको वस्तु आयात गरेको छ । नेपालबाट भने ६४ करोड नौ लाख बराबरको मात्र सामान निर्यात भएको विभागले जनाएको छ। नेपालको चीनसँग ६ महिनाको अवधिमा मात्र व्यापार घाटा एक खर्ब ९५ अर्ब ३६ करोड ८४ लाख रुपैयाँले बढेको छ।

नेपालको व्यापार घाटा बढी रहेका मुलुकहरुमा अर्जेन्टिना, संयुक्त अरब इमिरेट्स, इन्डोनेसिया, थाइल्याण्डलगायत छन् । त्यस्तै, व्यापार नाफा रहेका मुलुकको शीर्ष स्थानमा डेनमार्क छ । पछिल्लो छ महिनामा नेपालले डेनमार्कसँग रु नौ करोड १५ लाखको आयात र ५१ करोड दुई लाखको निर्यात गर्दा ४१ करोड ८६ लाख रुपैयाँ व्यापार नाफा देखिन्छ । रोमानिया, स्वीडेन, इराक, नर्वेलगायतका देशसँग नेपालको नाफा छ ।

यो अवधिमा पेट्रोलियम पदार्थको आयात सबैभन्दा उच्च छ। चालु आवको पुस मसान्तसम्ममा ५८ अर्ब २७ करोड ९२ लाख ७६ हजारको डिजेल, ३३ अर्ब सात करोड २१ लाख ६८ हजार बराबरको पेट्रोल र २७ अर्ब चार करोड २० लाख २६ हजार बराबरको खाना पकाउने ग्यास आयात भएको छ । त्यसैगरी यो अवधिमा २३ अर्ब २९ करोड ८३ लाख २२ हजारको स्मार्टफोन, ५७ अर्ब ४३ करोड ६२ लाख २० हजार बराबरको अप्रशोधित सोयाविन तेल, १४ अर्ब चार करोड ९३ लाख बराबरको फलामजन्य वस्तु आयात भएको छ । वस्तु आयातबाट सङ्कलिन यो अवधिको भन्सार राजस्व दुई खर्ब ३८ अर्ब ५३ करोड ५४ लाख १३ हजार रुपैयाँ बराबर छ ।

त्यस्तै, नेपालले बढी निर्यात गरेका वस्तुमा सोयाविन तेल मात्रै ५६ अर्ब आठ करोड २४ लाख २६ हजार रहेको छ भने सात अर्ब १९ करोड ९५ लाखको अलैँची, चार अर्ब ७८ करोड ४४ लाखको सूर्यमुखी तेल, तीन अर्ब ११ करोडको कार्पेटलगायत रहेका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit