Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

आतङ्कवाद लुकाउन ओलीले २४ गते देश जलाए: रास्वपा नेता बालेन

आतङ्कवाद लुकाउन ओलीले २४ गते देश जलाए: रास्वपा नेता बालेन
विज्ञापन
Advertisement

काठमाडौं । निर्वाचनको मिति नजिकिँदै गर्दा प्रमुख दलका शीर्ष नेताहरूबीच सार्वजनिक बहस गर्नुपर्ने विषयले राजनीति माहोल तातिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश बचाउने र जलाउने राजनीतिक शक्ति बीचमा निर्वाचनको प्रतिष्पर्धा भैरहेको उल्लेख गर्दै आफू ‘पब्लिक डिबेट’ अर्थात् सार्वजनिक बहस गर्न तयार रहेको आइतबार बताएका थिए । सामाजिक सञ्जालमार्फत उनले विगतका काम र भविष्यको रोडम्यापबारे प्रमुख दलका शीर्ष नेताबीच आमने–सामने बहस हुनुपर्नेमा उनले जोड दिएका थिए ।

‘पब्लिक डिबेट’ का लागि ओलीले आफू तयार रहेको घोषणा गरेपछि झापा–५ बाट ओलीसँग चुनावी प्रतिस्पर्धामा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले ओलीसँग एउटै मञ्चमा उभिन सिधै अस्वीकार गरेका छन्।

बालेनले सामाजिक सञ्जालबाटै ओलीसँग सार्वजनिक बहस नगर्ने बताएका हुन् । एमालेले बालेनको नियोजित प्रयासमा भदौ २४ गते आजगनी र तोडफोड भएको आरोप लगाउँदै आएको छ । तर, बालेनले भने तत्कालीन ओली नेतृत्वको सरकारले भदौ २३ गते स्कूले विद्यार्थीलाई निर्मम रुपमा हत्या गरेपछि त्यसलाई लुकाउन भोलीपल्ट देशैभर वितण्डा मच्याएको आरोप लगाउँदै ओलीलाई आतङ्कवादी ठहर्याएका छन् । उनले ओलीलाई प्रश्न गर्दै लेखेका छन्, ‘आफूलाई देश जलाउनेको रूपमा स्वीकार गरेको ठिकै छ, हुन पनि नेताहरूको घर कता कता छन् तपाईंहरूलाई नै थाहा थियो। तपाईंहरूले आफैं २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गते जलाएको हो। आफूलाई आतङ्कवादी चाहिँ कहिले स्वीकार्ने हो ? । त्यसपछि अरू कुरा गरौँला।’

बालेनले सार्वजनिक बहस अस्वीकार गर्नुको पछाडीको तर्क भने ओलीसँगै एउटै मञ्चमा उभिनु उनका लागि ७६ जनाको ज्यान लिने घटनामा सामेल हुन बराबर भएको बालेनको छ । ‘७६ जना बच्चाको हत्यारा र उसको,’ बालेनले लेखेका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit