Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, एक सातामै २६ हजार रुपैयाँले महँगियो सुन

सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, एक सातामै २६ हजार रुपैयाँले महँगियो  सुन
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आज पुनः ऐतिहासिक रेकर्ड बनाएको छ । शुक्रबार मात्र सुनको मूल्य तीन लाख रुपैयाँ नाघेर इतिहासकै उच्च दरमा कारोबार भएको थियो।

विज्ञापन
Advertisement
Advertisement

उक्त दिनको तुलनामा आइतबार फेरि सुनको मूल्य उच्च विन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको छ । लगातार बढिरहेको सुनको भाउमा आज दुई हजार चार सय रुपैयाँले वृद्धि भएर पुनः हालसम्मकै उच्च मूल्यको कीर्तिमान बनेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख ३ हजार ८ सय रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन (शुक्रबार) एक तोला सुन तीन लाख एक हजार ४ सय रुपैयाँ पुगेर उच्च मूल्यको रेकर्ड कायम गरेको थियो ।

गत आइतबार एक तोला सुन दुई लाख ७८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । एक साताको अवधिमै सुन २५ हजार सात सय रुपैयाँले महँगिएको छ ।

यस्तै आज चाँदीको मूल्य पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ। शुक्रबार ६ हजार एक सय ९० रूपैयाँमा कारोबार भएको चाँदीको भाउ आइतबार बढेर ६ हजार ४८० रुपैयाँ पुगेको छ । यो मूल्य अघिल्लो कारोबार दिन (शुक्रबार) को तुलनामा २९० रुपैयाँले बढी हो । एक हप्ताको अन्तरालमा चाँदीको भाउ पनि ५६६ रुपैयाँले वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार नौ सय ८९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit