काठमाडौं । नेपाल एसबिआई बैंकले पशुपतिस्थित समाज कल्याण केन्द्र वृद्धाश्रमलाई आवश्यक सामग्री प्रदान गरेको छ ।
बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौंको पशुपतिस्थित वृद्धाश्रमका ६४ जना वृद्धवृद्धाहरुलाई न्यानो कपडा, ब्ल्याङकेट, क्लथ ड्रायर, तन्ना, इलेक्ट्रिक केटल, न्यानो चप्पल लगायतका अत्यावश्यक सामग्रीहरु प्रदान गरेको छ । यस किसिमको पहलबाट बैंकले आश्रमका वृद्धवृद्धाहरुको तत्काल आवश्यकताहरू पूरा गर्ने लक्ष्य राखेको जनाएको छ ।
कार्यक्रममा बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीले केन्द्रका प्रमुख शशी पौडेललाई औपचारिक रुपमा सहयोग सामग्रीहरु हस्तान्तरण गरेका छन् । सो कार्यक्रममा पशुपति विकास कोषका सदस्य सचिव प्रकाश मणि शर्मा भुषाल, पशुपति विकास कोषका कोषाध्यक्ष श्रीधर सापकोटा, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडा, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत प्रबिण मुनि बज्राचार्य र बंैक तथा संस्थाका अन्य पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।















प्रतिक्रिया दिनुहोस्