Advertisement
Advertisement
Corporate Samachar
१९ असार २०८३, शुक्रबार
Advertisement

अनलाइनमार्फत कारोबार गर्ने मुगुका व्यापारीलाई राष्ट्रिय वाणिज्य बैंकले गर्यो सम्मान

अनलाइनमार्फत कारोबार गर्ने मुगुका व्यापारीलाई राष्ट्रिय वाणिज्य बैंकले गर्यो सम्मान
विज्ञापन
Advertisement

मुगु । राष्ट्रिय बाणिज्य बैंकको ६१ औं वार्षिकोत्सवको अवसरमा मुगुका ७ जना व्यापारीहरुलाई सम्मान गरेको छ । बैंकको (६०४) नम्बर शाखा कार्यालय मुगुले डिजीटल रुपमा (अनलाइबाट) कृषि व्यवसाय तथा सबैभन्दा बढी कारोबार गर्ने व्यापारीहरुलाई शनिबार सम्मान गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

सम्मानित हुनेमा रविन्द्र टेर्डसका सञ्चालक रवि रावत ,सन्तोस हार्डवयर एण्ड सप्लायर्सका बाँचुकला रावत, एटु जेट किराना पसलका बसन्त बुढा, छाँयानाथ कोशेली घरका सञ्चालक चेतना शाही ,आर।बि सप्लायर्सका प्रोप्राइटर रामभक्त रोकाया ,गौरी स्टोरका कमल बहादुर बुढा, शोभा जनरल स्टोर एण्ड सप्लायर्सका प्रोपाइटर मनशोभा बोगटी रहेका छन् ।

विगदेखि लेजर र रजिस्टरमार्फत बैंकिङ कारोबार हुँदै आएको समय देखि नै निरन्तर रूपमा बैंकिङ सेवामा आबद्ध हुँदै आएको बताउँदै सेवाग्राहीहरूले पछिल्ला वर्षहरूमा बैंकिङ प्रणाली आधुनिक, डिजिटल र प्रविधिमैत्री बनेसँगै थप विश्वासका साथ नियमित कारोबार गर्दै आएको बताएका छन् ।

सन्तोष हार्डवेयर एण्ड सप्लायर्सकी प्रोप्राइटर बाँचुकला रावतले बैंकिङ कारोबार गर्दा आफ्नो सम्पत्ति सुरक्षित हुने पूर्ण विश्वास रहेको बताउँदै बैंकले ग्राहकलाई सम्मान गर्ने कार्यक्रममार्फत आफू सम्मानित हुँदा अत्यन्तै खुसी लागेको प्रतिक्रिया दिइन् । उनका अनुसार, समयअनुसार बैंकिङ प्रणालीमा आएको सुधार र प्रविधिको प्रयोगले सेवा थप सहज र भरपर्दो बनेको छ ।

देशभरका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गरी सेवा प्रदान गर्दै आएको राष्ट्रिय वाणिज्य बैंक समयानुकूल प्रविधिमैत्री डिजिटल माध्यमबाट समेत सञ्चालन हुँदै आएको विश्वासिलो बैंकका रूपमा स्थापित रहेको छ ।

राष्ट्रिय वाणिज्य बैंक गमगढी शाखा, मुगुबाट लामो समयदेखि बैंकद्वारा प्रदान गरिँदै आएका विभिन्न सेवाहरूको सबैभन्दा बढी प्रयोग गर्दै आएका सात जना सेवाग्राहीलाई बैंकको स्थापना दिवसको अवसरमा सम्मान गरिएको शाखा प्रबन्धक मुन बहादुर बुढाले जानकारी दिए । उनका अनुसार, ग्राहकप्रति सम्मान र विश्वास अभिवृद्धि गर्ने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको हो ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit