काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको नाफा तुलनात्मक रुपमा बढेको छ । बैंकको कर्जा नोक्सानी घट्दा चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म नाफा ३० करोड रुपैयाँ नाघेको हो । बैंकले पुस मसान्तसम्म ३० करोड २५ लाख ९८ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ।गत आवको यही अवधिमा बैंकले १९ करोड ६५ लाख ६१ हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
यस्तै, बैंकका अनुसार खुद ब्याज आमदानीमा वृद्धि र कर्जा नोक्सानी व्यवस्थालाई छुट्याएको रकम घट्दा बैंकको नाफा बढेको हो। बैंकको खुद ब्याज आम्दानीमा वृद्धि हुँदा नाफा बढेको हो । अघिल्लो वर्षको दोस्रो त्रैमाससम्म ९१ करोड ८२ लाख ९८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकको चालु आवको पुस मसान्तसम्म खुद ब्याज आम्दानी १८.४९ प्रतिशतले बढेको छ । हाल बैंकको खुद ब्याज आम्दानी १ अर्ब ८ करोड ८० लाख ७२ हजार रुपैयाँ पुगेको छ।
यस्तै, बैंकले चालु आवको ६ महिनामा १७ करोड ६८ लाख ४३ हजार कर्जा नोक्सानी व्यवस्थामा छुट्याएको जनाएको छ । गत आवमा २० करोड ८५ लाख ४१ हजार रुपैयाँ बराबरको कर्जा नोक्सानी व्यवस्था गरेको बैंकले जनाएको छ । बैंकले चालु आर्थिक वर्षमा कर्जा सामान्य बढाएपनि निक्षेप भने बढेको छैन । गत असार मसान्तमा ५४ अर्ब ६६ करोड ८५ लाख रुपैयाँ निक्षेप रहेकोमा पुस मसान्तमा आउँदा निक्षेप ५४ अर्ब ३९ करोड २४ लाख रुपैयाँ रहेको छ । बैंकको कर्जा पुस मसान्तसम्म ४४ अर्ब ४० करोड ८३ लाख रुपैयाँ पुगेको छ।
बैंकको वितरणयोग्य नाफा ९ करोड ४६ लाख ६१ हजार रुपैयाँ छ। तर, बैंकले १० करोड ३९ लाख रुपैयाँ ब्याज असुल गर्न नसक्दा वितरणयोग्य नाफा कम भएको हो। बैंकको चुक्ता पुँजी ३ अर्ब ७३ करोड ४० लाख ६९ हजार रुपैयाँ छ । सञ्चित नाफा ९ करोड ४६ लाख ६१ हजार रुपैयाँ छभने जगेडा कोषमा १ अर्ब ८९ करोड ३३ लाख २८ हजार रुपैयाँ रहेको देखिएको छ ।
नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी बढेर १६ रुपैयाँ २१ पैसा पुगेको छ ।प्रतिशेयर नेटवर्थ १५३ रुपैयाँ २४ पैसा रहेको छ।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्