काठमाडौं। ओएन बायोटेकले आईपीओ जारी गर्ने भएको छ। कम्पनीले प्रति शेयर अंकित मूल्य १०० रुपैयाँ दरका ३० लाख कित्ता साधारण शेयर सार्वजनिक गर्न लागेको हो ।
सोही प्रयोजनार्थ कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। सम्झौतापत्रमा बुधबार ओएन बायोटेकका तर्फबाट अख्तियार प्राप्त सञ्चालक अध्यक्ष चुन्नप्रसाद शर्माले र ग्लोबल आइएमईका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) मन्दिप लुइँटेलले हस्ताक्षर गरे।
विसं २०७६ साल पौष २ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सञ्चालनमा आएको ओएन बायोटेक एण्ड रिसर्च पब्लिक लिमिटेडको केन्द्रीय कार्यालय रुपन्देहीको तिलोत्तमामा रहेको छ। कम्पनीले कृषि उत्पादनपछि खेर जाने सहायक सामग्रीहरू पराल, भुस, उखुको बगास, तोरीको पिना तथा भुसजस्ता कच्चा पदार्थ प्रयोग गरी ताजा च्याउ उत्पादन गर्दै आएको छ ।















प्रतिक्रिया दिनुहोस्