Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

वाणिज्य बैंकहरुको नाफामा सामान्य सुधार,११ वटा बैंकको नाफा बढ्दा ९ वटाको घट्यो

वाणिज्य बैंकहरुको नाफामा सामान्य सुधार,११ वटा बैंकको नाफा बढ्दा ९ वटाको घट्यो
विज्ञापन
Advertisement

काठमाडौं। चालु आर्थिक वर्षको पुस मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरूको नाफामा सुधार देखिएको छ। सञ्चालनमा रहेका ३० वाणिज्य बैंकले चालु आवको दोस्रो त्रैमाससम्म ३० अर्ब ५९ करोड ३९ लाख ७ हजार रुपैयाँ नाफा आर्जन गरेका छन्, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.५१ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको दोस्रो त्रैमासमा वाणिज्य बैंकहरूको कुल नाफा २७ अर्ब ४३ करोड ६९ लाख ९४ हजार रुपैयाँ रहेको थियो।

विज्ञापन
Advertisement
Advertisement

पछिल्लो समय बैंकहरूले नयाँ कर्जा विस्तारभन्दा पनि पहिले प्रवाह गरिएको कर्जाको असुलीलाई प्राथमिकतामा राख्दा नाफा सुधार भएको देखिएको हो। कर्जा उठ्न थालेपछि त्यसको प्रत्यक्ष प्रभाव बैंकहरूले सार्वजनिक गरेका चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरणमा स्पष्ट रूपमा देखिएको छ। पुस मसान्तसम्म ११ वटा बैंकको नाफा बढेको छ भने ९ वटा बैंकको नाफा घटेको छ, जसले बैंकिङ प्रणालीभित्र सुधारसँगै असमान अवस्था पनि विद्यमान रहेको संकेत गर्छ।

नाफा आर्जन गर्ने बैंकहरूमध्ये नबिल बैंक अग्रस्थानमा रहेको छ। बैंकले पुस मसान्तसम्म ४ अर्ब ७५ करोड ९६ लाख ४१ हजार रुपैयाँ नाफा कमाएको छ। त्यसपछि ग्लोबल आइएमई बैंक दोस्रो र कुमारी बैंक तेस्रो स्थानमा रहेका छन्। विशेषगरी कुमारी बैंकको नाफामा असाधारण सुधार देखिएको छ। बैंकको नाफा एक वर्षको अवधिमा ८८६.५० प्रतिशतले बढेर २ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ।

यस अवधिमा एभरेस्ट बैंकको नाफा २.०४ प्रतिशतले बढेर २ अर्ब ११ करोड, प्राइम बैंकको ९.२७ प्रतिशतले बढेर २ अर्ब ४ करोड र राष्ट्रिय वाणिज्य बैंकको नाफा १३२ प्रतिशतले बढेर १ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ। सानिमा बैंकले १६.६७ प्रतिशत वृद्धि गर्दै १ अर्ब ३९ करोड नाफा कमाएको छ भने स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा बढेर १ अर्ब ३२ करोड पुगेको छ। नेपाल एसबीआई बैंकको नाफा १४.५६ प्रतिशतले बढेर १ अर्ब ३ करोड र माछापुच्छ्रे बैंकको नाफा २५ प्रतिशतले बढेर १ अर्ब १ करोड रुपैयाँ पुगेको छ।

तर सबै बैंकको वित्तीय अवस्था समान रूपमा सुधारिएको भने छैन। एनएमबी बैंकको नाफा १७ प्रतिशतले घटेर १ अर्ब ६४ करोड रुपैयाँमा सीमित भएको छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ४३ प्रतिशतले घटेर १ अर्ब ६१ करोड रुपैयाँमा झरेको छ।

हिमालयन बैंकको नाफा १५ प्रतिशतले घटेर १ अर्ब २९ करोड र प्रभु बैंकको नाफा २४ प्रतिशतले घटेर १ अर्ब १ करोड रुपैयाँमा सीमित भएको छ।

यसैगरी कृषि विकास बैंकको नाफा २६ प्रतिशतले घटेर ७० करोड ७४ लाख, सिटिजन्स बैंकको नाफा ४५ प्रतिशतले घटेर ३५ करोड ८८ लाख र एनआईसी एशिया बैंकको नाफा १३.५४ प्रतिशतले घटेर १३ करोड ११ लाख रुपैयाँ पुगेको छ।

यस अवधिमा लक्ष्मी सनराइज बैंक भने २७ करोड ३६ लाख १५ हजार रुपैयाँ घाटामा रहेको छ। समग्रमा कर्जा असुली, खर्च नियन्त्रण र जोखिम व्यवस्थापनका कारण बैंकिङ प्रणालीमा नाफा सुधारको संकेत देखिए पनि केही बैंकमा देखिएको निरन्तर गिरावटले बैंकिङ क्षेत्र अझै पूर्ण रूपमा स्थिर भइसकेको छैन भन्ने देखाउँछ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit