Advertisement
Advertisement
Corporate Samachar
१८ असार २०८३, बिहीबार
Advertisement

डिजेल र मट्टीतेलको मुल्य बढ्यो,कति पुग्यो?

डिजेल र मट्टीतेलको मुल्य बढ्यो,कति पुग्यो?
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमले आज रातिदेखि लागु हुने गरी डिजेल र मट्टितेलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ मूल्य सूचीअनुसार पेट्रोलियम पदार्थको भाउ बढेर आएको भन्दै निगमले मूल्य समायोजन गरेको हो ।

पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य यथावत् रहेको छ । निगमले पेट्रोल र एलपी ग्याँसको मूल्य भने हाललाई यथावत् राखेको छ । आईओसीबाट पेट्रोलमा प्रतिलिटर ०.१२ रुपैयाँ र ग्याँसमा प्रति सिलिन्डर ४५.४१ रुपैयाँले मूल्य बढेर आए पनि निगमले यसमा कुनै फेरबदल गरेको छैन ।

निगमले हवाई इन्धन (आन्तरिक) तर्फ प्रतिलिटर १ रुपैयाँले मूल्य घटाएको छ । त्यस्तै, हवाई इन्धन (अन्तर्राष्ट्रिय) तर्फ काठमाडौँको लागि प्रति किलोमिटर अमेरिकी डलर ७ ले मूल्य घटाइएको छ । पोखरा र भैरहवाको हकमा भने ब्रेक इभन पोइन्टमा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit