Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

मानव–वन्यजन्तु द्वन्द्व कम गर्न झापामा २ लाख बिरुवा रोपिने

मानव–वन्यजन्तु द्वन्द्व कम गर्न झापामा २ लाख बिरुवा रोपिने
विज्ञापन
Advertisement

सुरुङ्गा (झापा) । मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्दै वन क्षेत्र विस्तार गर्ने उद्देश्यले डिभिजन वन कार्यालय झापाले चालु आर्थिक वर्षमा करिब ५० हेक्टर खाली जमिनमा वृक्षरोपण गर्ने भएको छ। सामुदायिक वन उपभोक्ता समूहसँगको सहकार्यमा सञ्चालन हुने अभियानलाई जिल्लाको दीर्घकालीन वातावरण संरक्षण र वन्यजन्तुको बासस्थान संरक्षणसँग जोडिएको छ।

विज्ञापन
Advertisement
Advertisement

डिभिजन वन कार्यालयका वन अधिकृत रामभक्त यादवका अनुसार राष्ट्रिय वन विकास तथा व्यवस्थापन कार्यक्रमअन्तर्गत १५ हेक्टर क्षेत्रमा तारबारसहित वृक्षरोपण गरिनेछ। त्यस्तै नमुना वृक्षरोपण कार्यक्रममार्फत २० हेक्टर, प्रदेश सरकारको वन विकास तथा जडीबुटी प्रवर्द्धन कार्यक्रमअन्तर्गत चार हेक्टर तथा कृषि वन प्रवर्द्धन कार्यक्रममार्फत थप चार हेक्टर क्षेत्रमा बिरुवा रोपिनेछ।

वृक्षरोपण कार्यक्रमका लागि जिल्लाका पाँच स्थानमा सञ्चालन गरिएका नर्सरीबाट विभिन्न प्रजातिका करिब दुई लाख बिरुवा उत्पादन गरिएको छ। साथै करिब १० लाख रुपैयाँ बराबरका बाँसका बिरुवा र १० लाख रुपैयाँ बराबरका फलफूलका बिरुवा निःशुल्क वितरण गरिने तयारी गरिएको छ। यस वर्ष पहिलोपटक श्रीखण्डका बिरुवासमेत वितरण गरिने वन कार्यालयले जनाएको छ।

विशेषगरी जङ्गली हात्तीको आवतजावत हुने क्षेत्रमा बाँसका बिरुवा रोप्न प्रोत्साहन गरिनेछ। यसबाट हात्तीको प्राकृतिक आहार र बासस्थान व्यवस्थापनमा सहयोग पुग्ने विश्वास गरिएको छ। श्रीखण्डको प्रवर्द्धनले स्थानीय समुदायलाई दीर्घकालीन आम्दानीको अवसर सिर्जना गर्नुका साथै जैविक विविधता संरक्षणमा पनि योगदान पुग्ने अपेक्षा गरिएको छ।

झापाको कुल क्षेत्रफल एक हजार ६०६ वर्ग किलोमिटर भए पनि वन क्षेत्र १८ हजार ६५ हेक्टर अर्थात् कुल भूभागको ११.२४ प्रतिशतमा मात्रै सीमित छ। वन क्षेत्र राष्ट्रिय औसतभन्दा कम हुनु, तीव्र जनसङ्ख्या वृद्धि, बसाइँसराइ र बस्ती विस्तारका कारण वन्यजन्तुको प्राकृतिक बासस्थान खुम्चिँदै गएको छ। यसको प्रत्यक्ष असर मानव–वन्यजन्तु द्वन्द्वमा देखिन थालेको वन कार्यालयको भनाइ छ।

नेपाल सरकारले सन् २०३० सम्म वन विनाशलाई शून्यमा झार्दै देशको वन क्षेत्र ५० प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ। हाल देशको वन क्षेत्र ४६ प्रतिशतभन्दा बढी भए पनि झापाको भौगोलिक अवस्था र सीमित वन क्षेत्रका कारण उक्त लक्ष्य हासिल गर्न चुनौती रहेको वन अधिकृत यादवले बताए।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit