Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेपाल बिल्डकन’ को ११ औँ संस्करण सुरु, निर्माण उद्योगलाई आवश्यक सामग्री प्रदर्शननीमा

नेपाल बिल्डकन’ को ११ औँ संस्करण सुरु, निर्माण उद्योगलाई आवश्यक सामग्री प्रदर्शननीमा
विज्ञापन
Advertisement

काठमाडौं । निर्माण क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय प्रदर्शनी ‘नेपाल बिल्डकन’ को ११ औँ संस्करण आजबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ।

विज्ञापन
Advertisement
Advertisement

मिडिया स्पेस सोलुसन्स र फ्युचरएक्स ट्रेड फेयर एण्ड इभेन्टसको संयुक्त आयोजनामा सुरु भएको प्रदर्शनीमा ३०० भन्दा बढी स्वदेशी तथा विदेशी ब्राण्डका २०० भन्दा धेरै स्टलहरू राखिएका छन् ।

निर्माण उद्योगमा भित्रिएका आधुनिक प्रविधि, सेवा र सामाग्रीबारे जानकारी दिने उद्देश्यले विगत ११ वर्षदेखि मेला निरन्तर आयोजना हुँदै आएको छ। प्रदर्शनीमा आर्किटेक्चरल हार्डवेयर, मार्बल, टायल्स, स्यानिटरी वेयर, मोड्युलर किचन, लिफ्ट, एस्केलेटर, झ्याल–ढोका, सिमेन्ट र स्टिल लगायतका निर्माण सामाग्रीहरू प्रदर्शन गरिनेछन्।

साथै, निर्माण क्षेत्रका इन्जिनियर, आर्किटेक्ट, डिजाइनर, उत्पादक र वितरकहरूलाई एउटै थलोमा जोड्ने लक्ष्य रहेको आयोजकले जनाएको छ । यस्तै, स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन र विश्व बजारमा प्रचलित नवीन प्रविधिलाई नेपाली बजारमा भित्र्याउन यो प्रदर्शनी प्रभावकारी हुने अपेक्षा गरिएको छ। प्रदर्शनीको मुख्य प्रायोजक फ्लाईवर्ड इन्टेरियर रहेको छ भने लुम्बिनी सेरामिक्स (लेमिनार टायल्स) ‘पावर्ड बाई’ पार्टनरका रूपमा रहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit