images images images
images images images
images
images
images

डियर हिल सुजको ‘फुटवयर एक्स्पो २०८२’ युएन पार्कमा भव्य रूपले जारी

images

ललितपुर ।युएन पार्क यतिबेला फुटवयर पारखीहरूको आकर्षणको केन्द्र बनेको छ। कारण हो— नेपाली फुटवयर ब्रान्ड डियर हिल सुज ले आफ्नो २५ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको ‘फुटवयर एक्स्पो २०८२’। वैशाख २० गतेदेखि सुरु भएको यो मेला जेठ ३१ गतेसम्म चल्नेछ, जसमा हालसम्म दस हजारभन्दा बढीले अवलोकन गरिसकेका छन्।

२५ वर्षको यात्रा, विश्वासको उत्सव

images
images

नेपाली बजारमा २५ वर्ष लामो यात्रामा डियर हिल सुजले ‘स्थानीय उत्पादन, उचित मूल्य र गुणस्तर’ को आधारमा उपभोक्ताको मन जित्दै आएको छ। बेस फुटवयर कम्पनी अन्तर्गत संचालन हुने यस ब्रान्डको उद्देश्य सधैं नवीनता र उपभोक्ताप्रतिको प्रतिबद्धता रहँदै आएको छ। निर्देशक सौजन उपाध्यायका अनुसार, “यो मेला हाम्रो नविनता, प्रतिबद्धता र ग्राहकप्रतिको सम्मानको प्रतीक हो। हामीले अहिलेको गर्मी र वर्षा मौसमअनुकूलका डिजाइनहरू प्रस्तुत गरेका छौं।”

एकै छानामुनि सबैको रोजाइ

मेलामा स्पोर्ट शू, रनिङ शू, स्कुले जुत्ता, अफिस र कलेज प्रयोगका लेदर सुज, कजुअल चप्पल लगायतका सबै प्रकारका फुटवयर १० प्रतिशतदेखि ५० प्रतिशतसम्मको छुटमा उपलब्ध छन्। महिला, पुरुष र बालबालिकाका लागि फरक–फरक शैली र डिजाइनका फुटवयरले मेला हेर्ने ग्राहकलाई विविध विकल्पको अनुभव दिलाएको छ।

उपत्यकादेखि बाहिरसम्मको आकर्षण

फुटवयरको यो भव्य मेला राजधानीका उपभोक्तामात्र नभई देशभरबाट आएका ग्राहकका लागि पनि आकर्षणको केन्द्र बनेको छ। गर्मी र वर्षायामको तयारी गर्दै जुत्ता–चप्पल खरिद गर्ने सोच बनाएका उपभोक्ताका लागि यो मेला उपयुक्त गन्तव्य सावित भइरहेको छ।

ग्राहकमैत्री सोचको उदाहरण

‘फुटवयर एक्स्पो २०८२’ डियर हिल सुजको सफल व्यवसायिक यात्राको उत्सव मात्र होइन, उपभोक्तामैत्री सोचको एक नमुना पनि हो। नेपाली उत्पादनप्रति ग्राहकको विश्वास अझ प्रगाढ बनाउने उद्देश्यसहित आयोजित यस मेलाले ‘नेपालमै बनेको, नेपालीकै लागि’ भन्ने भावनालाई मजबुत बनाइरहेको छ।

मेलाको अन्तिम चरणमा कम्पनीले थप विशेष छुटसहित आकर्षक अफरहरू ल्याउने तयारी गरिरहेको छ। त्यसैले पनि आगामी दिनहरूमा मेलामा भीड अझ बढ्ने अपेक्षा गरिएको छ।

images
images

प्रतिक्रिया दिनुहोस्