Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

भारतमा सम्मानित नेपाली संगीत साधक पं. सुदर्शन राजोपाध्यालाई ‘सुरताल संगीत शिरोमणि’ पुरस्कार

भारतमा सम्मानित नेपाली संगीत साधक पं. सुदर्शन राजोपाध्यालाई ‘सुरताल संगीत शिरोमणि’ पुरस्कार
विज्ञापन
Advertisement

काठमाडौं । सुरताल संगीत विद्यालय, महाराष्ट्र (भारत) ले नेपालका ख्यातीप्राप्त शास्त्रीय संगीत साधक पं. सुदर्शन राजोपाध्यालाई ‘सुरताल संगीत शिरोमणि पुरस्कार’ प्रदान गरेको छ। लामो समयदेखि शास्त्रीय तथा परम्परागत संगीतको संरक्षण, साधना र प्रवर्द्धनमा पुर्‍याउँदै आएको सक्रिय योगदानको उच्च कदर गर्दै विद्यालयले भारतबाट औपचारिक निमन्त्रणापत्र पठाई उक्त सम्मान प्रदान गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

सुरताल संगीत विद्यालयको आयोजनामा सन् २०२५ अगस्ट २४ तारिखका दिन महाराष्ट्रमा सम्पन्न विशेष कार्यक्रममा पं. राजोपाध्यालाई पुरस्कार अर्पण गरिएको थियो।

कार्यक्रममा भारतका विभिन्न राज्यबाट आएका संगीतज्ञ, गुरु, कलाकार तथा सांस्कृतिक अभियन्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। समारोहमा पं. राजोपाध्याको दीर्घ संगीत साधना, शास्त्रीय संगीतप्रतिको निष्ठा र पुस्तान्तरणमा खेलेको भूमिकाको खुलेर प्रशंसा गरिएको थियो।

नेपालमा अपेक्षाकृत कम चिनिएका पं. सुदर्शन राजोपाध्या भारतमा भने शास्त्रीय संगीतका गम्भीर साधकका रूपमा परिचित मानिन्छन्। उनको संगीत साधनाले सीमा नाघ्दै भारतीय संगीत क्षेत्रका विद्वान र कलाकारहरूको ध्यान तानेको छ।

आयोजक संस्थाले नेपाली संगीत परम्पराको मौलिकता र गहिराइलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन पं. राजोपाध्याको योगदान उल्लेखनीय रहेको बताएको छ।

पुरस्कार ग्रहणपछि पं. राजोपाध्याले संगीत कुनै देशको सिमानामा सीमित नहुने साझा सांस्कृतिक सम्पदा भएको उल्लेख गर्दै आफूले जीवनभर सिकेको र साधना गरेको संगीतलाई अन्तर्राष्ट्रिय मञ्चमा कदर गरिएकोमा खुशी व्यक्त गरे। उनले यो सम्मानलाई व्यक्तिगतभन्दा पनि नेपाली संगीत परम्पराको सम्मानका रूपमा लिनुपर्ने बताए।

सुरताल संगीत विद्यालयले आगामी दिनमा पनि दक्षिण एसियाली संगीत परम्परामा योगदान पुर्‍याउने कलाकारहरूलाई यस्ता सम्मानमार्फत प्रोत्साहन गर्ने जनाएको छ। पं. सुदर्शन राजोपाध्यालाई प्रदान गरिएको ‘सुरताल संगीत शिरोमणि पुरस्कार’ ले नेपाली संगीत प्रतिभा सीमापारि पनि सम्मानित हुन सक्ने स्पष्ट सन्देश दिएको सांस्कृतिक क्षेत्रका जानकारहरू बताउँछन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit