Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

काली प्रसाद बास्कोटा बने एक्सपेङ जी६ का आधिकारिक ब्रान्ड एन्डोर्सर

काली प्रसाद बास्कोटा बने एक्सपेङ जी६ का आधिकारिक ब्रान्ड एन्डोर्सर
विज्ञापन
Advertisement

 

विज्ञापन
Advertisement
Advertisement

काठमाडौं । गायक, संगीतकार तथा सांस्कृतिक आइकन काली प्रसाद बास्कोटाले आफ्नो आधुनिक जीवनशैलीको महत्वपूर्ण हिस्साका रूपमा प्रिमियम इलेक्ट्रिक एसयुभी एक्सपेङ जी६ रोजेका छन् । उनलाई एक्सपेङ जी६ को आधिकारिक ब्रान्ड एन्डोर्सरका रूपमा सार्वजनिक गरिएको छ ।

बास्कोटाको यो छनोटले नवप्रवर्तन, बौद्धिकता र भविष्य केन्द्रित मोबिलिटीप्रतिको साझा दृष्टिकोणलाई प्रतिनिधित्व गर्ने कम्पनीले जनाएको छ । परम्परागत नेपाली संगीतलाई आधुनिक अभिव्यक्तिसँग सफलतापूर्वक जोड्दै आएका बास्कोटा नयाँ पुस्ताका सर्जकहरूको प्रतिनिधि पात्र मानिन्छन्, जसले एक्सपेङ ब्रान्डको दर्शनसँग स्वाभाविक सामञ्जस्य देखाउँछ ।

अत्याधुनिक प्लेटफर्ममा निर्माण गरिएको एक्सपेङ जी६ स्लिक कुपे एसयुभी डिजाइन, इन्टेलिजेन्ट ककपिट र नेक्स्ट–जेनेरेसन प्रविधिका कारण प्रिमियम ईभी सेग्मेन्टमा अलग पहिचान बनाउन सफल भएको छ । कम्पनीका अनुसार यसले व्यावसायिक दैनिकीदेखि व्यक्तिगत यात्रासम्म आत्मविश्वासपूर्ण, परिष्कृत र भविष्य–तयार ड्राइभिङ अनुभव प्रदान गर्छ ।

उच्च क्षमताको ब्याट्री र अत्याधुनिक ८०० भोल्ट चार्जिङ आर्किटेक्चरद्वारा सञ्चालित एक्सपेङ जी६ ले एक पटकको चार्जमा ४३५ किलोमिटरसम्मको ड्राइभिङ रेञ्ज दिने क्षमता राख्छ । १९० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर र ४४० एनएम टर्कसहितको यो प्रिमियम इलेक्ट्रिक एसयुभी कुपेले उत्कृष्ट शक्ति र प्रदर्शन सुनिश्चित गर्ने दाबी गरिएको छ ।

स्मार्ट प्रविधि, फास्ट चार्जिङ क्षमता तथा फराकिलो र आरामदायी इन्टेरियरले सुसज्जित एक्सपेङ जी६मा डिजिटल ककपिट, ठूलो सेन्ट्रल टचस्क्रिन, भ्वाइस–इनेबल्ड कन्ट्रोल र एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम जस्ता सुविधाहरू समावेश छन् । यी विशेषताहरूले एक्सपेङ जी६लाई प्रदर्शन, आराम र नवप्रवर्तनको सन्तुलित संयोजनका रूपमा स्थापित गरेको कम्पनीको भनाइ छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit