Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

टिग कन्फरेन्स २०२६: प्रविधिमैत्री र डेटामुखी अकाउन्टिङतर्फ छलफल

टिग कन्फरेन्स २०२६: प्रविधिमैत्री र डेटामुखी अकाउन्टिङतर्फ छलफल
विज्ञापन
Advertisement

काठमाडौं। अकाउन्टिङ र व्यवसाय अभ्यासमा केन्द्रित ‘टिगकन २०२६’ माघ १८ गते ललितपुरको पुलचोकस्थित हिमालय होटलमा सम्पन्न भएको छ। सम्मेलनमा परम्परागत अकाउन्टिङ प्रक्रियालाई प्रविधिमैत्री, डेटामा आधारित र प्रभावकारी बनाउने विषयमा विभिन्न विज्ञहरूले विचार राखेका थिए।

विज्ञापन
Advertisement
Advertisement

कार्यक्रममा लेखा व्यवसायी, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, साना तथा मझौला व्यवसायी, प्रविधि उद्यमी तथा डिजिटल इकोसिस्टमका सरोकारवालाको सहभागिता रहेको थियो। कन्फरेन्सको पहिलो सेसन ‘Trust as Collateral: The Future of Lending Powered by Reliable Financial Data’ मा ग्लोबल आईएमई बैंकका डेपुटी सीईओ सुमन पोखरेलले अब घर–जग्गा धितोभन्दा व्यवसायको प्रकृति,क्यासफ्लो र विश्वसनीय वित्तीय डेटाका आधारमा कर्जा मूल्याङ्कन गर्ने प्रवृत्ति बढ्दै गएको बताए। उनका अनुसार डिजिटल अकाउन्टिङको विस्तारले व्यवसायिक जोखिम मूल्याङ्कनलाई थप प्रभावकारी बनाएको छ। क्लाउडमार्फत सुरक्षित रूपमा वित्तीय डेटा साझा गर्न सकिने भएकाले बैंकहरूले रियल–टाइममा निर्णय लिन सक्ने र यसले साना तथा मझौला व्यवसायको वित्तीय पहुँच विस्तार गर्ने उनले उल्लेख गरे।

दोस्रो सेसनमा चार्टर्ड अकाउन्टेन्ट अरूण राउतले अकाउन्टिङ फर्महरू कर र लेखा परीक्षणमा मात्र सीमित नरही व्यवसायको रणनीतिक निर्णय र दिगो विकासमा सहयात्री बन्नुपर्ने बताए। लाइभ बैंक स्टेटमेन्ट र अटोमेटेड रिकन्सिलेसनजस्ता प्रविधिको प्रयोगले अकाउन्टिङ प्रक्रिया छिटो, सहज र त्रुटिरहित बन्दै गएको उनको भनाइ थियो।

अन्तिम सेसनमा रारा ल्याब्सका संस्थापक मनोज घिमिरेले प्रविधि र एआईको प्रयोगले अकाउन्टिङ तथा अडिट प्रक्रियामा ठूलो परिवर्तन ल्याइरहेको बताए। उनका अनुसार एआईले दोहोरिने र झन्झटिला काम स्वचालित बनाउँदै लैजानेछ र भविष्यमा अडिट पनि रियल–टाइम हुने सम्भावना बढ्दै गएको छ। यसले व्यवसायको अवस्था बुझ्न वर्षौं कुर्नुपर्ने अवस्था अन्त्य हुने उनले बताए।

प्रविधिले काम स्वचालित बनाउँदै जाँदा मानव स्रोतको भूमिका नैतिकता, जिम्मेवारी र निर्णय प्रक्रियामा अझ केन्द्रित हुने उनको धारणा थियो।

टिग नेपालमा प्रयोग हुने लोकप्रिय अकाउन्टिङ सफ्टवेयरमध्ये एक हो, जसले अटोमेसन, कम्प्लायन्स र इन्टेलिजेन्ट रिपोर्टिङ एउटै प्लेटफर्ममार्फत उपलब्ध गराउँदै आएको छ। यसले साना तथा मझौला व्यवसायदेखि इन्टरप्राइजसम्मको वित्तीय व्यवस्थापनलाई सरल, पारदर्शी र स्केलेबल बनाउन सहयोग पुर्‍याउँदै आएको आयोजकले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit