Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

नेपाल एसबिआई बैंक र GIZ नेपालबीच सम्झौता

नेपाल एसबिआई बैंक र GIZ नेपालबीच सम्झौता
विज्ञापन
Advertisement

काठमाडौं। नेपाल एसबिआई बैंक लिमिटेड र GIZ नेपालबीच दिगो विद्युतीय सार्वजनिक यातायात प्रवर्द्धन गर्ने उद्देश्यले सम्झौता भएको छ। बैंकले Sustainable Electric Transport for Nepal (SET4NPL) परियोजनासँग सहकार्य गर्दै Mitigation Action Facility को आर्थिक सहयोग, नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय (MOPIT) तथा Global Green Growth Institute (GGGI) को साझेदारीमा सञ्चालन हुने कार्यक्रममा सहभागिता जनाएको हो।

विज्ञापन
Advertisement
Advertisement

SET4NPL परियोजनाले नेपालमा विद्युतीय सार्वजनिक यातायातको प्रयोग विस्तार गर्न तथा सवारी सञ्चालकहरूलाई वित्तीय पहुँच बढाउन सहयोग गर्ने लक्ष्य राखेको छ। परियोजनाअन्तर्गत बैंक तथा अन्य वित्तीय संस्थामार्फत विद्युतीय माइक्रोबस खरिद र सञ्चालनका लागि विभिन्न वित्तीय तथा गैर–वित्तीय प्रोत्साहन प्रदान गरिने बताइएको छ। साथै, विद्युतीय सवारीमा GPS, ई–टिकटिङ लगायतका प्रविधि जडान गरी केन्द्रिय अनुगमन प्रणालीमार्फत सञ्चालनलाई व्यवस्थित गरिने योजना छ।

नेपाल एसबिआई बैंकले यस पहलमा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै नेपालमा हरित पहललाई प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएको छ। सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री शशांक कोइराला तथा GIZ Nepal का मुख्य प्रतिनिधि Mr. Diego Senoner ले हस्ताक्षर गरेका थिए।

नेपाल एसबिआई बैंकले विसं २०५० देखि बैंकिङ सेवा प्रदान गर्दै आएको छ। हाल बैंकका देशभर १०२ शाखा, २२ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, ११ शाखारहित बैंकिङ सेवा, १२५ एटीएम र ७ कर्पोरेट कार्यालय सञ्चालनमा रहेका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit