Advertisement
Advertisement
Corporate Samachar
१८ असार २०८३, बिहीबार
Advertisement

सुनचाँदीको भाउ बढ्यो, तोलाको कति ?

सुनचाँदीको भाउ बढ्यो, तोलाको कति ?
विज्ञापन
Advertisement

काठमाडौं। स्थानीय बजारमा सोमबार सुनचाँदको मूल्य बढेको छ । आइतबारको तुलनामा आज दुवै धातुको मूल्य उकालो लागेको हो ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख चार हजार ६०० रुपैयाँ निर्धारण भएको छ । अघिल्लो कारोबार दिन एक तोला सुन तीन लाख ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो । हिजोको तुलनामा आज सुन प्रतितोला ४१ सय रुपैयाँले बढेको छ ।

यस्तै, आइतबार पाँच हजार १० रूपैयाँमा किनबेच भएको चाँदीको भाउ त्यसको भोलिपल्ट पनि बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला पाँच हजार २५० रुपैयाँ पुगेको हो । यो मूल्य अघिल्लो कारोबार दिनको तुलनमा प्रतितोला २४० रुपैयाँले महँगो हो ।

यसअघि माघ १५ गते सुनचाँँदीको भाउ उच्च विन्दुमा पुगेको थियो । उक्त दिन सुन प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ र चाँदी ७ हजार ५०५ रुपैयाँ पुगेर रेकर्ड मूल्यमा कारोबार भएको थियो । त्यसयता दुवै धातुको मूल्यमा घटबढ भैरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार नौ सय ६७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit