Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

कारागारमा उत्पन्न विवाद सुल्झाउन बोलाइयो सुरक्षा समिति बैठक

कारागारमा उत्पन्न विवाद सुल्झाउन बोलाइयो सुरक्षा समिति बैठक
विज्ञापन
Advertisement

सिरहा । गोली र नगदसहित कारागारका नाइके पक्राउ परेपछि सिरहा कारागारमा उत्पन्न विवादले ठूलो रुप लिएको छ।

विज्ञापन
Advertisement
Advertisement

सोमबार बिहान करिब ११ बजे प्रहरीको विशेष सर्च अपरेसनका क्रममा कारागारका नाइके इन्द्रजित यादवको कोठाबाट एक थान कटुवा पेस्तोल, दुई राउन्ड गोली र १ लाख २० हजार रुपैयाँ नगद बरामद गरिएको थियो। त्यसपछि यादवसहित १३ जना कैदीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राख्दा त्यसको विरोधमा कैदीहरूले सोमबार दिनभर कारागारको छतमाथि बसेर नाराबाजी गरे ।
सोमबार राती नौ बजे सम्म पनि कैदीहरुले नाराबाजी र हो हल्ला गर्र्दै कारागार भित्रै आगजनी गरेपछि प्रहरीले पानीको फोहोरा प्रयोग गरेको थियो । यसबाट कारागार भित्र तनाव सिर्जना भएको थियो भने मंगलबार बिहान सम्म पनि कैदीहरूले नाइके यादवलाई कारागार फिर्ता ल्याउन माग गरी होहल्ला गरेपछि प्रशासनले सुरक्षा समितिको बैठक डाकेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी एवं प्रवक्ता रमेश बहादुर पालका अनुसार अहिले सुरक्षालाई मध्यनजर गर्दै कारागारभित्र र बाहिर करिब १५० को संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । नियन्त्रणमा लिइएका कैदीहरू कर्तव्य ज्यान, अपहरण, ज्यान मार्ने उद्योग तथा लागुऔषधसम्बन्धी गम्भीर आपराधिक मुद्दामा संलग्न रहेको जनाइएको छ। १५० जना कैदी राख्ने क्षमता रहेको सिरहा कारागारमा हाल ४३६ जना कैदीबन्दी राखिएका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit