Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

नेपाल–अमेरिका आर्थिक साझेदारीबारे अर्थमन्त्री र विशेष दूत गोरबीच के भयो छलफल ?

नेपाल–अमेरिका आर्थिक साझेदारीबारे अर्थमन्त्री र विशेष दूत गोरबीच के भयो छलफल ?
विज्ञापन
Advertisement

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच आज शिष्टाचार भेटवार्ता भएको छ। शुक्रबार दिउँसो अर्थ मन्त्रालयमा भएको उक्त भेटवार्ता झण्डै २० मिनेट चलेको अर्थमन्त्री वाग्लेको सचिवालयले जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

भेटमा दुई देशबीचको दीर्घकालीन आर्थिक सम्बन्ध, विकास सहायता र आपसी हितका विषयमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ। उनीहरुबीच नेपालको वर्तमान आर्थिक अवस्था र द्विपक्षीय आर्थिक सहकार्यलाई थप सुदृढ बनाउने विषय तथा अमेरिकाले नेपाललाई प्रदान गर्दै आएको विकास सहायताका परियोजनाहरू र तिनको प्रभावकारी कार्यान्वयनका बारेमा समेत कुराकानी भएको छ ।

‘उहाँहरूबीच झण्डै २० मिनेट भेटवार्ता भएको हो।भेटमा नेपाल र अमेरिका बीचको आर्थिक साझेदारी र विकास सहायताका विविध विषयमा छलफल भएको थियो’ अर्थमन्त्री वाग्लेको निजी सचिवालयले भनेको छ । विशेष दूत गोर तीन दिने नेपाल भ्रमणका क्रममा बिहीबार काठमाडौं आएका हुन् । उनले आजै परराष्ट्रमन्त्री शिशिर खनालसँग पनि भेटवार्ता गर्दैछन् ।

राष्ट्रपति ट्रम्पका विश्वासपात्र मानिने गोरको यो भ्रमणलाई नयाँ सत्ता समीकरणपछि नेपाल र अमेरिकाबीचको कुटनीतिक तथा आर्थिक सम्बन्धलाई नयाँ आयाम दिन महत्वपूर्ण रुपमा हेरिएको छ । भेटमा अर्थ मन्त्रालयका उच्च अधिकारी र अमेरिकी दूतावासका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit