Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

पुतलीसडकमा जकीको नयाँ एक्सक्लुसिभ शोरूम सञ्चालनमा

पुतलीसडकमा जकीको नयाँ एक्सक्लुसिभ शोरूम सञ्चालनमा
विज्ञापन
Advertisement

काठमाडौं ।अन्तर्राष्ट्रिय परिधान ब्रान्ड जकीले काठमाडौंको व्यावसायिक केन्द्र पुतलीसडकमा आफ्नो नयाँ एक्सक्लुसिभ शोरूम सञ्चालनमा ल्याएको छ। उत्कृष्ट रिटेल अनुभव प्रदान गर्ने उद्देश्यले डिजाइन गरिएको उक्त शोरूममा पुरुष, महिला तथा बालबालिकाका लागि जकीका विभिन्न उत्पादनहरू उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

नयाँ स्टोरमा इनरवेयर, एथलिजर, एक्टिभवेयर, लाउन्जवेयर, थर्मल तथा दैनिक प्रयोगका लुगाहरूको विस्तृत संग्रह राखिएको छ। आधुनिक र फराकिलो लेआउटसहित तयार गरिएको शोरूमले ग्राहकलाई सहज र रमाइलो सपिङ अनुभव प्रदान गर्ने लक्ष्य लिएको बताइएको छ। साथै, सही फिटिङ, आराम र शैलीमा केन्द्रित प्रिमियम ग्राहक सेवा पनि उपलब्ध हुने कम्पनीको भनाइ छ।

शोरूम उद्घाटन कार्यक्रममा चर्चित अभिनेत्री प्रियंका कार्कीको उपस्थिति रहेको थियो। उनले जकीलाई आराम र आत्मविश्वासको प्रतीक ब्रान्डका रूपमा उल्लेख गर्दै पुतलीसडकको नयाँ शोरूमले ग्राहकलाई ब्रान्डका सम्पूर्ण लाइफस्टाइल उत्पादनहरू सहज रूपमा छनोट गर्न सहयोग पुग्ने बताइन्।

स्टोर म्यानेजर मोहित कुमार सिन्हा र गोकुल शर्माले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा पुतलीसडकमा नयाँ अनुभव ल्याउन पाएकोमा उत्साह व्यक्त गर्दै काठमाडौंमा जकीको बढ्दो उपस्थितिलाई यसले थप सुदृढ बनाउने उल्लेख गरेका छन्। स्थानीय बजारमा विश्वस्तरीय पहिरन उपलब्ध गराउने प्रतिबद्धता अनुरूप शोरूम सञ्चालनमा ल्याइएको उनीहरूको भनाइ छ।

पुतलीसडकस्थित नयाँ शोरूमसँगै काठमाडौं उपत्यका तथा उपत्यका बाहिरका विभिन्न स्थानमा रहेका जनरल ट्रेड र प्रमुख मोडर्न ट्रेड आउटलेटहरूमा पनि जकीका उत्पादनहरू उपलब्ध रहेको कम्पनीले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit