Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

हिमालयन लाइफ इन्स्योरेन्सको १९औं वार्षिक साधारण सभा सम्पन्न

हिमालयन लाइफ इन्स्योरेन्सको १९औं वार्षिक साधारण सभा सम्पन्न
विज्ञापन
Advertisement

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो १९औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। कम्पनीले काठमाडौँको नक्सालस्थित आम्रपाली बैंक्वेटमा बुधबार सभा आयोजना गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

सभाले आर्थिक वर्ष २०८१-८२ का लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू सर्वसम्मत रूपमा स्वीकृत गरेको कम्पनीले जनाएको छ।

त्यस्तै, स्वतन्त्र सञ्चालकका रूपमा गोपाल घिमिरेको नियुक्ति तथा सञ्चालक दीपक नेपालको नियुक्तिलाई पनि सभाले अनुमोदन गरेको छ। साथै कम्पनीको सहायक संस्था हिमालयन इन्भेष्टमेण्ट बैंकर लिमिटेडको आर्थिक वर्ष २०८१-८२ को वित्तीय विवरण समेत पारित गरिएको छ।

सभाले आर्थिक वर्ष २०८२र८३ का लागि बाह्य लेखापरीक्षकमा एस।ए।आर। एशोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्त गर्ने प्रस्ताव स्वीकृत गरेको छ। नियामक निकायबाट प्रस्तावित विषयमा कुनै संशोधन वा परिमार्जनको निर्देशन आएमा सोही अनुसार कार्य गर्न सञ्चालक समितिलाई अधिकार दिने निर्णय पनि गरिएको छ। कम्पनी ऐनको दफा १०५(१)ग बमोजिम आर्थिक वर्ष २०८१-८२ मा भएको खर्च अनुमोदन गरिएको जनाइएको छ।

कम्पनीका अध्यक्ष शुलभ अग्रवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा सञ्चालक प्रमिला के।सी।ले स्वागत मन्तव्य राखेकी थिइन् भने सञ्चालक आशिष ढकालले धन्यवाद ज्ञापन गरेका थिए। प्रमुख कार्यकारी अधिकृत कपिलकुमार दाहालले शेयरधनीहरूको जिज्ञासाको जवाफ दिँदै कम्पनीलाई आगामी दिनमा अग्रणी बनाउन सुझावहरू कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit