Advertisement
Advertisement
Corporate Samachar
१८ असार २०८३, बिहीबार
Advertisement

चाँदी घट्दा सुनको मूल्य दुई हजार तीन सय रुपैयाँले बढ्यो

चाँदी घट्दा सुनको मूल्य दुई हजार तीन सय रुपैयाँले बढ्यो
विज्ञापन
Advertisement

काठमाडौं। स्थानीय बजारमा आज सुनको मूल्य बढ्ला चाँदीको मूल्यमा केही गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले फागुन महिनाको दोस्रो कारोबार दिन आइतबार सुन प्रतितोला तीन लाख पाँच हजार ८०० रुपैयाँ निर्धारण गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

अघिल्लो कारोबार दिन (शुक्रबार) त्यति नै परिमाणको सुन तीन लाख ३ हजार ५०० रुपैयाँ तोकिएको थियो । शुक्रबारको तुलनामा आज सुन तोलामा २३ सय रुपैयाँले बढेको छ ।

यस्तै, आज तोला चाँदीको भाउमा भने सामान्य गिरावट देखिएको छ । महासंघका अनुसार शुक्रबार पाँच हजार रुपैयाँ कायम भएको चाँदीको मोल प्रतितोला १५ रुपैयाँले घटेर आज चार हजार ९८५ रुपैयाँ तोकिएको छ। यसअघि गत माघ १५ गते सुनचाँँदीको भाउ उच्च विन्दुमा पुगेको थियो। उक्त दिन सुन प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ र चाँदी ७ हजार ५०५ रुपैयाँ पुगेर रेकर्ड मूल्यमा कारोबार भएको थियो।

बिहीबार प्रतिऔंस पाँच हजार ७० अमेरिकी डलरमा कारोबार भएको सुन आज पाँच हजार ६५ डलरमा झरेको छ। यस्तै, त्यति नै परिमाणको चाँदी ८४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit