Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

हकप्रद शेयर निष्कासन गर्दै अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेड, बिक्री प्रबन्धकमा एन आई सी एशिया क्यापिटल लिमिटेड नियुक्त

हकप्रद शेयर निष्कासन गर्दै अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेड, बिक्री प्रबन्धकमा एन आई सी एशिया क्यापिटल लिमिटेड नियुक्त
विज्ञापन
Advertisement

काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा हाल कायम चुक्ता पुँजीको १ः१.५ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रक्रिया अघि बढाएको हो।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले ५० लाख ९८ हजार ४० कित्ता शेयर बराबरको ५० करोड ९८ लाख ४ हजार रुपैयाँ चुक्ता पुँजीको आधारमा १ः१.५ अनुपातमा ७६ लाख ४७ हजार ६० कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ। उक्त हकप्रद शेयरको कुल रकम ७६ करोड ४७ लाख ६ हजार रुपैयाँ हुन आउने कम्पनीले जनाएको छ।

हकप्रद शेयर निष्कासनका लागि कम्पनीले एन आई सी एशिया क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। यस सम्बन्धमा दुवै पक्षबीच दुईपक्षीय सम्झौता सम्पन्न भएको जानकारी दिइएको छ।

सम्झौतापत्रमा कम्पनीका तर्फबाट अख्तियारप्राप्त प्रमुख कार्यकारी अधिकृत सदिच्छा कार्की र बिक्री प्रबन्धकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले हस्ताक्षर गरेका छन्।

बिक्री प्रबन्धकका रूपमा एन आई सी एशिया क्यापिटल लिमिटेडले हालसम्म सामूहिक लगानी कोष तथा डिबेन्चरसमेत गरी २० वटा कम्पनीको धितोपत्र निष्कासन तथा ४ वटा कम्पनीको हकप्रद शेयर निष्कासन कार्य सम्पन्न गरिसकेको जनाएको छ। सो सेवा अन्तर्गत हालसम्म १९ अर्ब ३४ करोड रुपैयाँभन्दा बढी रकम संकलन गरिसकेको क्यापिटलले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit