Advertisement
Advertisement
Corporate Samachar
१२ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

डिशहोमका ग्राहकले ‘डल्ले’ रेस्टुरेन्टका आउटलेटहरुमा १० प्रतिशत छुट पाउने

डिशहोमका ग्राहकले ‘डल्ले’ रेस्टुरेन्टका आउटलेटहरुमा १० प्रतिशत छुट पाउने
विज्ञापन
Advertisement

काठमाडौं । अग्रणी डीटीएच सेवा प्रदायक एवं डिजिटल इनोभेसनमा अग्रसर कम्पनी डिशहोमले नेपालमा लोकप्रिय रेस्टुरेन्ट ब्राण्ड ‘डल्ले’ सँग नयाँ साझेदारी सुरु गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

सम्झौतापत्रमा डल्लेका कार्यकारी निर्देशक (एमडी) आलोक योन्जोन र डिशहोमका डेप्युटी चिफ प्रोडक्ट अफिसर आदित्य भट्टराईले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् । दुई संस्था बीच हुने सहकार्य अन्तर्गत, डिशहोमले हालै सुरू गरेको भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रम मार्फत ग्राहकहरूले डल्ले रेस्टुरेन्टका काठमाडौं उपत्यकमा सञ्चालित सम्पूर्ण आउटलेटहरूमा विशेष छुट पाउनेछन्।

डिशहोमका सक्रिय ग्राहकहरूले डल्लेका सबै आउटलेटहरूमा १० प्रतिशत छुट प्राप्त गर्नेछन् । जसका लागि ग्राहकहरूले माइ डिशहोम एपमा उपलब्ध भर्चुअल प्रिभिलेज कार्ड देखाउनुपर्नेछ।

भर्चुअल प्रिभिलेज कार्ड प्रयोग गर्ने तरिकाः

दर्ता गरिएको मोबाइल नम्बर वा ग्राहक आईडी प्रयोग गरी एपमा लगइन गर्ने र होम स्क्रिन वा प्रोफाइल सेक्सनमा रहेको प्रिभिलेज कार्ड आइकन मा क्लिक गरी डल्लेमा कार्ड देखाएर छुट पाउन सकिनेछ । यस्तै, डिशहोमले यो साझेदारी केवल इन्टरनेट वा टेलिभिजन सेवामा सीमित नभई डिशहोमको ग्राहकलाई अतिरिक्त मूल्य, जीवनशैलीमा सुविधा र थप बचत प्रदान गर्ने प्रतिबद्धताको भाग भइको उल्लेख गरेको छ । डिशहोमले भविष्यमा पनि यस प्रकारका सहकार्यहरू गर्दै आफ्ना ग्राहकहरूलाई थप लाभ पुर्याउन निरन्तर प्रयास गर्ने जनाएको छ ।

‘डल्ले’ को बारेमा

‘डल्ले’ रेस्टुरेन्ट नेपाली खानाको क्षेत्रमा एउटा स्थापित नाम हो, जसले परम्परागत स्वादलाई आधुनिक प्रस्तुतीसहित ग्राहकहरूमाझ पुर्‍याइरहेको छ। शान्त वातावरण, समर्पित सेवा, र स्वादिष्ट भोजनका लागि परिचित डल्लेले हाल देशभरि शाखा विस्तार गर्दै सेवा दिँदै आएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit