काठमाडौं । स्थानीय बजारमा आज पनि सुनको मूल्य बढेको। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख २८ हजार ६०० रुपैयाँ पुगेको छ ।
सोमबार त्यति नै परिमाणको सुन तीन लाख २६ हजार १०० रुपैयाँ निर्धारण भएको थियो । अघिल्लो कारोबार दिनको तुलनामा मंगलबार सुन प्रतितोला २५ सय रुपैयाँले वृद्धि भएको हो। यसअघि आइतबार र सोमबार लगातार ५६ ÷५६ सय रुपैयाँले बढेको सुन साताको तेस्रो कारोबार दिन सम्म आइपुग्दा तोलामा १३ हजार ७०० रुपैयाँले महँगिएको छ ।
यसअघि शुक्रबार सुन प्रतितोला तीन लाख १४ हजार ९०० रुपैयाँमा र बिहीबार सुन प्रतितोला तीन लाख १५ हजार ४०० मा खरिदबिक्री भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । सोमबार तोलाको ६ हजार २० रुपैयाँ निर्धारण भएको चाँदीको भाउ आज ५ हजार ८१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यो मूल्य अघिल्लो कारोबार दिनको तुलनामा २०५ रुपैयाँ कम हो ।
यसअघि माघ १५ गते सुनचाँदीको भाउ उच्च विन्दुमा पुग्दा रेकर्ड मूल्यमा कारोबार भएको थियो । त्यसयता तीन लाख ३९ हजार ३०० रुपैयाँबाट तीन लाख दुई हजारमा झरेको सुनको मूल्य पुनः बढेर आज तीन लाख २६ हजार रुपैयाँ नाघेको हो।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्