Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नवलपरासीका जेनजी युवा भन्छन्–युवाहरुलाई सीप र अवसर दिने नेतृत्व आवश्यक छ

नवलपरासीका जेनजी युवा भन्छन्–युवाहरुलाई सीप र अवसर दिने नेतृत्व आवश्यक छ
विज्ञापन
Advertisement

नवलपरासी । नवलपरासी (पश्चिम) क्षेत्र नंम्बर–१ का जेनजी पुस्ताका युवाहरुले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीलाई समर्थन गर्ने घोषणा गरेका छन्। आफ्नो क्षेत्रमा युवाहरुलाई सीप र अवसर दिने नेतृत्व आवश्यक भएको उल्लेख गर्दै उनिहरुले क्षेत्र नम्बर–१ मा खुलेरै समर्थन गर्ने बताएका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

यस क्षेत्रका जेनजी युवाहरुले पूर्व सांसद चौधरीको समर्थनमा आज र्याली निकालेका छन् । स्थानीय युवा विद्या चौधरीले यस क्षेत्रमा युवामैत्री विभिन्न कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन भएकाले आसन्न निर्वाचनमा युवालाई केन्द्रमा राख्ने उम्मेद्वारलाई आफूहरुले साथ दिने उल्लेख गरिन् । ‘युवाहरुलाई सीप र अवसर दिने नेतृत्व आवश्यक छ, त्यसका लागि हाम्रो समर्थन विनोद चौधरीलाई हो,’ उनले भनिन्।

सुस्ता क्षेत्रकी दिव्या हरिजनले चौधरी युवाहरुका लागि प्रेरणाको स्रोत भएको बताइन्। उनले अघिल्लो कार्यकालमा पूर्व सांसद चौधरीले सयौंलाई रोजगारी दिलाएको उल्लेख गरिन् । उनले यहाँका युवाका लागि रोजगारी सिर्जनामा चौधरीको योगदान उल्लेख्य रहेको भन्दै सक्षम र अनुभवी व्यक्तित्व राजनीतिमा आवश्यक रहेको धारणा राखिन्। ‘देशभर रोजगारी सिर्जना गर्न सक्ने नेतृत्व राजनीतिमा आउनु सकारात्मक सन्देश हो,’ क्षेत्रीले भनिन्।

बर्दघाटकी मनिषा महर्जनले पनि युवाहरुको आकांक्षा सम्बोधन गर्न सक्ने उम्मेदवारको रुपमा चौधरीलाई जेनजी युवाहरुले साथ दिएको धारणा राखिन् । ‘उहाँ युवाहरुको आइकन हुनुहुन्छ। निजी क्षेत्रको दक्षता अब विकासमा प्रयोग गर्न दिनुपर्छ,’ उनले भनिन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit